डेनमार्कमा दुई रेल एकआपसमा ठोक्किँदा १८ जना घाइते, ५ को अवस्था गम्भीर

 

डेनमार्कमा बिहीवार दुईवटा स्थानीय रेलहरू एकआपसमा ठोक्किँदा ठूलो क्षति भएको छ । नर्थ जिल्याण्ड प्रहरीकाअनुसार यस भयानक टक्करमा १८ जना घाइते भएका छन् ।

जसमध्ये ५ जनाको अवस्था निकै गम्भीर रहेको छ । प्रारम्भिक रूपमा रेलमा ३८ जना सवार रहेको अनुमान गरिएको भएपनि ड्यानिस ब्रोडकास्टर डीआरको पछिल्लो अद्यावधिक जानकारीअनुसार उक्त संख्या ३७ रहेको पुष्टि भएको छ । दुर्घटना कोपेनहेगनबाट ५० किलोमिटर उत्तरमा पर्ने हिलरोड र कागेरुप बीचको ग्रिबस्कोभ लाइनमा भएको थियो ।

सूचना प्राप्त हुनेबित्तिकै आपतकालीन उद्धार टोलीहरू घटनास्थलमा खटाइएको थियो । प्रहरी निरीक्षक मोर्टन पेडरसनले यस घटनालाई अत्यन्तै गम्भीर दुर्घटनाको रूपमा वर्णन गरेका छन् । दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अधिकारीहरूले विस्तृत अनुसन्धान शुरु गरिसकेका छन् ।

 

#डेनमार्क #रेलदुर्घटना #ठोक्किनु #घाइते #गम्भीरअवस्था #यातायातसुरक्षा #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

Nepal life insuranceimagesimagesimages