दक्षिण लेबनानमा इजरायली हवाई हमलामा पत्रकारको मृत्यु

 

लेबनानको प्रसारक अल–जदीद टिभीकाअनुसार दक्षिण लेबनानमा इजरायली हवाई हमलापछि भग्नावशेषमा फसेकी पत्रकार अमल खलिलको मृत्यु भएको छ ।

Nepal life insurance

यो हमला अल–तिरी र हद्दाथालाई जोड्ने सडकमा लक्षित थियो । जसले गर्दा खलिल र अर्की पत्रकार जैनब फराजसम्म उद्धार टोलीको पहुँच अवरुद्ध भएको थियो ।

पछि फराजलाई अस्पताल पु¥याइयो, जहाँ उनको शल्यक्रिया गरिएको छ । लेबनानी रेड क्रसले पछि खलिलको शव निकालेको छ र उनको मृत्यु पुष्टि गरेको छ । लेबनानका राष्ट्रपति जोसेफ आउनले बिहीवार पत्रकारको मृत्यु हुनेगरी भएको इजरायली हवाई हमलाको निन्दा गरेका छन् ।

 

#दक्षिणलेबनान #इजरायलीहमला #पत्रकारमृत्यु #मध्यपूर्वसंघर्ष #प्रेसस्वतन्त्रता #मानवअधिकार #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

Nepal life insuranceimagesimagesimages