जुकेनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौँ स्थानीय लाभान्वित (तस्बिर सहित )

जुकेनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौँ स्थानीय लाभान्वित

-अर्घाखाँची डट्कम सम्बाददाता

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ५ जुकेनामा अर्घाखाँची–जुकेना रुपन्देही सम्पर्क समाजको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। ग्रामीण भेगका नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा स्थानीयको उल्लेखनीय सहभागिता देखिएको थियो।

May be an image of one or more people and textNepal life insurance

शिविरमा सर्वसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण, रोग पहिचान, परामर्श, औषधि वितरण तथा आवश्यक प्राथमिक उपचार सेवा प्रदान गरिएको थियो। विशेषगरी दीर्घरोग, मौसमी संक्रमण, रक्तचाप, मधुमेह, श्वासप्रश्वास, जोर्नी दुखाइ तथा छाला सम्बन्धी समस्या भएका बिरामीहरूले सेवा लिएका थिए। आर्थिक अभावका कारण नियमित स्वास्थ्य जाँच गर्न नपाइरहेका नागरिकका लागि शिविर प्रभावकारी बनेको सहभागीहरूले बताएका छन्।

May be an image of one or more people

समाजका अध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सञ्चालन भएको कार्यक्रममा डाक्टर प्रेम प्रकाश पौडेल र डाक्टर चन्द्र घिमिरे लगायतका चिकित्सकहरूले प्रत्यक्ष स्वास्थ्य सेवा प्रदान गरेका थिए। कार्यक्रममा नगरप्रमुख छबिलाल पौडेल, उपप्रमुख गीता भाट, वडा अध्यक्ष ऋषि रेश्मी तथा स्वास्थ्य शाखा प्रमुख दामोदर ढकाल लगायतको उपस्थिति रहेको थियो।

May be an image of one or more people and people studying

उपस्थित जनप्रतिनिधिहरूले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याएकोमा समाजको प्रशंसा गर्दै यस्ता कार्यक्रमले समुदायको स्वास्थ्य सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। साथै, स्थानीय तह र सामाजिक संस्थाबीच सहकार्य बढेमा स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति सम्भव हुने धारणा व्यक्त गरिएको थियो।

May be an image of one or more people

शिविरमा वृद्धवृद्धा, महिला, बालबालिका तथा दीर्घरोगी बिरामीहरूको सहभागिता उल्लेखनीय रहेको थियो। कार्यक्रमले तत्काल उपचार मात्र नभई स्वास्थ्य सचेतना अभिवृद्धिमा समेत योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

May be an image of one or more people and text

यसैबीच, सोही कार्यक्रममा समाजले आफ्नो भित्तेपात्रो (क्यालेन्डर) को समेत विमोचन गरेको छ। समाजले आगामी दिनमा पनि यस्ता समुदायमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।


images


#स्वास्थ्यशिविर #जुकेना #शितगंगा #अर्घाखाँची #निःशुल्कसेवा #स्वास्थ्य #समाजसेवा #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

Nepal life insuranceimagesimagesimages