आज भ्यालेन्टाइन डे


 

२ फागुन, काठमाडौं । आज प्रेम दिवस, भ्यालेन्टाइन डे विश्वरभर प्रेमसाटासाट गरी यो दिवस मनाईदै छ । प्रेमीप्रमीकाहरुले प्रेमको प्रतीक रातो गुलाब साटासाट गर्ने र औपचारिक रुपमा प्रेम प्रस्ताव राख्ने प्रचलन छ ।

 



यस अबसरमा खासगरी फूल तथा अन्य उपहारहरु साटासाट गरीने चलन बढ्दो छ । पश्चिमा सँस्कृति भए पनि यस दिवसले नेपालमा पनि स्थान पाइरहेको छ । नेपाली युवा युवतीहरुले पनि यो दिवसलाई बिशेष महत्वको रुपमा मनाउने गर्दछन् । बिशेषगरी पार्क तथा मन्दिरहरुमा युवा युवतीहरुको भिड लाग्ने गरेको छ ।



ईसापूर्व २७० मा रोमका राजा क्लाउडियस द्वितीयले जनताहरु प्रेम, यौन र विवाहमा लिप्त रहँदा सैनिक सेवामा कोहि नलाग्ने र शान्ति सुरक्षामा खलल पुग्ने निष्कर्ष निकाल्दै प्रेम गर्न प्रतिवन्ध लगाएका थिए । तर पादरी भ्यालेन्टाइनले राजाको आदेश अस्वीकार गर्दै प्रेम गरेपछि उनलाई फेब्रुअरी १४ मा मृत्युदण्ड दिईएको थियो ।

 

भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको सोही दिनको सम्झनामा हरेक फेब्रुअरी १४ तारिखलाई