


वाशिंगटन डीसी, १३ बैशाख । ह्वाइट हाउसमा भएको संवाददाताहरूको डिनरको क्रममा गोली चले पछि विश्व तरगिंत भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्प, उनकी श्रीमती मेलानिया ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलगायत धेरै अन्य वरिष्ठ अधिकारीहरू शनिबार साँझको कार्यक्रममा उपस्थित रहेको बेला अचानक गोली चलेको हो ।


एसोसिएटेड प्रेसका अनुसार, आक्रमणकारीले होटलको बलरूम बाहिर गोली चलाएको थियो, जहाँ ट्रम्प र पाहुनाहरू भने भित्र रहेका थिए। ट्रम्पले आक्रमणकारीलाई पक्राउ गरिएको घोषणा गरेका छन् । यद्यपि, पहिलेका रिपोर्टहरूले आक्रमणकारीलाई गोली हानी मारिएको भनिए पनि थप विवरण बाहिर आउन सकेको छैन ।
आक्रमणको करिब डेढ घण्टापछि ट्रम्पले मिडियालाई सम्बोधन गर्दै भने, ‘अमेरिकी संविधानमाथि आक्रमण भएको थियो। गोप्य सेवाले मेरो ज्यान बचायो। सुरक्षाकर्मीहरूले साहसपूर्वक काम गरे। गोली लागेको अधिकारी सुरक्षित छन्। उनले बुलेटप्रुफ भेस्ट लगाएका थिए। आक्रमणकारीसँग शक्तिशाली बन्दुक थियो।’



