


कोटे डि आइभोरले विभिन्न जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्दै विश्व औलो दिवस मनाएको छ । यस अवसरमा औलो रोकथाम र नियन्त्रणका लागि परिचालन सुदृढ पार्ने प्रतिवद्धता जनाइएको छ । यी प्रयासहरूको उद्देश्य जीवन रक्षा गर्नु, लगानी बढाउनु र औलोमुक्त भविष्यतर्फको प्रगतिलाई प्रवद्र्धन गर्नु हो ।

विश्व औलो दिवस २०२६ का लागि ‘औलो अन्त्य गर्न प्रेरितः अब हामी सक्छौं। अब हामीले गर्नैपर्छ’ भन्ने मूल नारा तय गरिएको छ । शताब्दीऔं पुरानो यो रोग, जुन संक्रमित पोथी एनोफिलिस लामखुट्टेको टोकाइबाट सर्छ, त्यसलाई निर्मूल पार्ने जरुरीतालाई यसले जोड दिएको छ ।



