रूसद्वारा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनका लागि कार्गो अन्तरिक्ष यान प्रक्षेपण

 

रूसले कजाकिस्तानको बैकोनुर कोस्मोड्रोमबाट ‘प्रोग्रेस एमएस–३४’ नामक कार्गो अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ । सोयुज–२.१ए क्यारियर रकेटमार्फत पठाइएको यस अन्तरिक्ष यानले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनका लागि २.५ टनभन्दा बढी सामग्रीहरू लैजाँदैछ ।

यी आपूर्तिहरूमा इन्धन, खाद्यान्न, पानी, अक्सिजन, वैज्ञानिक उपकरण र स्पेससुटहरू समावेश छन् ।

रूसको सरकारी अन्तरिक्ष निगमको प्रत्यक्ष प्रशारणकाअनुसार रकेटले मस्को समयअनुसार आइ्र्रतवार १ः२२ बजे उडान भरेको थियो । अन्तरिक्ष यान रकेटको तेस्रो चरणबाट सफलतापूर्वक अलग भई निर्धारित कक्षमा प्रवेश गरेको छ ।

हाल यो अन्तरिक्ष यान आईएसएसतर्फ अघि बढिरहेको छ र यसको यात्रा करिब ४९.५ घण्टा लाग्ने अपेक्षा गरिएको छ ।

तालिकाअनुसार यो यान मंगलवार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको रूसी खण्डमा रहेको ‘ज्वेज्दा सर्भिस मोड्युल’सँग जोडिनेछ (डकिङ हुनेछ) ।

 

 

Nepal life insuranceimagesimagesimages