टर्कीका अर्थमन्त्रीद्वारा लगानी सुधार प्याकेजको घोषणा

 

टर्कीका अर्थ तथा वित्त मन्त्री मेहमत सिमसेकले सोमवार एक लगानी सुधार प्याकेजको घोषणा गर्नुभएको छ । यसको मुख्य उद्देश्य वस्तु तथा सेवाको निर्यात बढाउने, पुँजी स्वदेश फिर्ता ल्याउने र इस्तानबुल फाइनान्स सेन्टरलाई एक महत्वपूर्ण क्षेत्रीय केन्द्रको रूपमा स्थापित गर्ने हो ।

पत्रकार सम्मेलनका क्रममा सिमसेकले सरकारले सन् २०२६ लाई ‘सुधारको वर्ष’ को रूपमा घोषणा गरेको बताउनु भयो ।

सिमसेककाअनुसार यो प्याकेजले मूल्य श्रृंखलामाथि उठ्नका लागि औद्योगिक स्तरवृद्धि, हरित र डिजिटल रूपान्तरण, पूर्वाधार लगानीका साथै कर, सार्वजनिक वित्त र शासन सुधारहरूलाई समेट्छ ।

टर्कीका मन्त्रीकाअनुसार सम्बन्धित सहयोग उपायहरूमा पारवहन व्यापारमा शून्य कर्पोरेट कर, निर्यातकर्ताहरूका लागि न्यून कर्पोरेट कर दर र सेवा निर्यातमा पूर्ण कर छुट समावेश छन् । यसको लक्ष्य सफ्टवेयर, भिडियो गेम, स्वास्थ्य पर्यटन, शिक्षा, इन्जिनियरिङ, डिजाइन, र वास्तुकला जस्ता उच्च–मूल्य सेवा क्षेत्रहरूलाई प्रवद्र्धन गर्ने हो ।

 

Nepal life insuranceimagesimagesimages