शिक्षामा लगानी र व्यवस्थापन सुधारबारे अर्घाखाँचीमा अन्तरक्रिया: शिक्षा सुधारमा लगानी वृद्धि आवश्यक, सरोकारवालाबीच छलफल (तस्बिर सहित)

-केशव पन्थि , अर्घाखाँची डट्कम।

अर्घाखाँची — “निःशुल्क गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ, शिक्षामा पर्याप्त लगानीका लागि अभियानको ज्योति बालौँ” भन्ने मूल नारासहित शिक्षाका लागि विश्वव्यापी सप्ताह २०२६ को अवसरमा अर्घाखाँचीको सन्धिखर्कमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

May be an image of one or more people, people studying and text

NCE नेपाल (शिक्षाका लागि राष्ट्रिय अभियान) जिल्ला कार्यसमिति अर्घाखाँचीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय तहमा शिक्षा क्षेत्रमा लगानी वृद्धि, नीति निर्माण, प्रभावकारी व्यवस्थापन तथा गुणस्तरीय शिक्षाको सुनिश्चितताबारे विस्तृत छलफल गरिएको थियो।

May be an image of one or more people and text that says "कि: सुत्क, मुणस्तरीय सव्संनिक शिक्षामा पर्याप्त लगानीको लागि अमियामको ਲਸਮ 耳 GAWE2ORE Hold The Flame High: For शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह कार्य सुप्ताह GAWP सन्दर्ममा Education जयोति बालिरासी Financing स्थानीय शिक्षा क्षेत्रमा लगार्ज सम्बन्धी अन्तरक्रिय मिति: २०८३ 09 /9보 ម្ហ गते स्थान: जिल्ला समन्वय समितिको सभाह्ल समत्वसमितिको EDUCATIONOUTLOUD NOUTLOUD 스0한 innsma उवसुरमा 2OO 月.は.者 リ थापन MTDR NEPAL ប្រី"

कार्यक्रममा सहभागी वक्ताहरूले शिक्षा क्षेत्रको सुधारका लागि बजेट वृद्धि मात्र पर्याप्त नभई त्यसको पारदर्शी, उत्तरदायी र प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिएका छन्।

May be an image of one or more people

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोईरालाले स्थानीय तहलाई शिक्षा विकासको प्रमुख आधारका रूपमा प्रस्तुत गर्दै नीति निर्माणदेखि कार्यान्वयनसम्म जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्दै गुणस्तरीय परिणाम हासिल गर्न दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गर्नुभयो।

May be an image of one or more people, people studying, hospital, dais and text

शिक्षा तथा समन्वय इकाई अर्घाखाँचीका प्रमुख बिष्णु प्रसाद वेल्बासे, सन्धिखर्क नगरपालिका शिक्षा शाखा प्रमुख मञ्जु आचार्य तथा पूर्व नगरप्रमुख एवं जनज्योति माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमल प्रसाद भुसालले शिक्षा सुधारका लागि नीति, योजना र कार्यान्वयनबीच सुदृढ समन्वय हुनुपर्ने धारणा राख्नुभयो।

May be an image of one or more people, people studying and text

कार्यक्रममा पाणिनी बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा शिक्षा विज्ञ सुरज सारुले “स्थानीय तहले शिक्षा सुधारका लागि गर्नुपर्ने काम” विषयमा प्रस्तुति दिँदै विद्यालय व्यवस्थापन सुधार, शिक्षकको क्षमता विकास, विद्यार्थीको सक्रिय सहभागिता, तथा स्रोत व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो।

May be an image of one or more people, people studying, dais and text that says "నతిన KC OG He"

त्यस्तै कार्यक्रममा पाणिनी बहुमुखी क्याम्पसका उपप्राध्यापक द्रोण प्रसाद भुसाल, नेपाल बाल संगठन अर्घाखाँचीका सभापति रामचन्द्र पोखरेल, गैरसरकारी महासंघ नेपाल अर्घाखाँचीका सचिव राधा नेपाली लगायतले पनि आफ्ना धारणा राख्दै शिक्षा क्षेत्रमा सरोकारवाला निकायबीच सहकार्य र समन्वय आवश्यक रहेको बताएका थिए।

May be an image of one or more people, people studying and text

कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नं. १ र २ का विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम NCE नेपाल अर्घाखाँचीका संयोजक ठाकुर प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य कुलबहादुर नेपालीले राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन पत्रकार केशब पन्थीले गर्नुभएको थियो।

May be an image of one or more people

अन्तरक्रियामा सहभागीहरूले शिक्षा क्षेत्रमा लगानी वृद्धि, समावेशी तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न स्थानीय तह, सरोकारवाला निकाय र समुदायबीच सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालेका छन्। साथै, शिक्षा क्षेत्रलाई दीर्घकालीन विकासको आधारका रूपमा स्थापित गर्न सबै पक्षको प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिइएको छ।

#Education #Arghakhanchi #Sandhikharka #School #Policy #Nepal #Learning #Budget #Quality #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

Nepal life insuranceimagesimagesimages

 

अन्य समाचारहरु