


अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेन र इरानमा जारी द्वन्द्वहरू समान समयसीमाभित्र अन्त्य हुन सक्ने सङ्केत गर्नुभएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्ता पश्चात् बुधबार राष्ट्रपति ट्रम्पले यस्तो बताउनुभएको हो । ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले पुटिनसँगको वार्ता निकै सकारात्मक रहेको जानकारी दिनुभयो । उहाँकाअनुसार उक्त वार्ता मुख्यतया विगत केही वर्षदेखि जारी रुस–युक्रेन युद्धमा केन्द्रित थियो भने इरानको विषयमा पनि संक्षिप्त छलफल भएको थियो ।

यसैबीच, मस्कोबाट प्राप्त विवरणहरूका अनुसार राष्ट्रपति पुटिनले मे ९ मा मनाइने दोस्रो विश्वयुद्धको विजय उत्सव (भिक्ट्री डे) को अवसर पारेर अस्थायी युद्धविरामको प्रश्ताव गर्नुभएको छ ।
दुई राष्ट्रप्रमुखबीचको यस संवादलाई विश्व राजनीतिमा जारी तनाव कम गर्ने एक महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ ।



