नेतृत्वसँगको परामर्शपछि अमेरिकासँगको वार्ताबारे जवाफ दिने इरानको संकेतः पाकिस्तानी प्रधानमन्त्री

 

इरानले अमेरिकासँगको सम्भावित वार्ताबारे आफ्नो उच्च नेतृत्वसँगको परामर्शपछि मात्र आधिकारिक जवाफ दिने जानकारी गराएको पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले बताउनुभएको छ । हालै पाकिस्तान भ्रमणमा आउनुभएका इरानी विदेशमन्त्री अब्बास अराघचीसँगको छलफललाई उद्धृत गर्दै प्रधानमन्त्री सरिफले बुधवार संघीय मन्त्रिपरिषद्को बैठकमा यस्तो जानकारी दिनुभएको हो ।

इरानी विदेशमन्त्री अराघची एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाकिस्तान भ्रमणमा आउनुभएको थियो । पाकिस्तानमा विभिन्न चरणको विस्तृत छलफलपछि उनी रुसतर्फ प्रस्थान गर्नुभएको छ । क्षेत्रीय शान्ति र स्थिरताका लागि पाकिस्तानको कूटनीतिक प्रयासहरू निरन्तर र दृढ रहेको प्रधानमन्त्री सरिफले उल्लेख गर्नुभयो ।

इरान र अमेरिकाबीचको सम्पर्कका विषयमा

बोल्दै प्रधानमन्त्री सरिफले गत अप्रिल ११ मा दुई पक्षबीच लामो समयसम्म (म्याराथन सेसन) छलफल भएको जानकारी दिनुभयो । उहाँले क्षेत्रमा शान्ति प्रक्रियालाई सहज बनाउन पाकिस्तानले ठूलो पहल गरेको दाबी समेत गर्नुभयो ।
यसैगरी, पाकिस्तानको कूटनीतिक प्रयासकै कारण भएको युद्धविराम हालसम्म पनि कायम रहेको प्रधानमन्त्री सरिफले मन्त्रिपरिषद्लाई जानकारी गराउनुभएको छ ।

 

Nepal life insuranceimagesimagesimages