युवाको लगानी: “कस्तुरी एग्रो रिसोर्ट एन्ड ईभेन्ट्स” सञ्चालनमा (तस्बिर सहित)

 

-केशव पन्थि , अर्घाखाँची डट्कम ।

अर्घाखाँची — जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालिका–१, भेटेरिनरी अस्पताल मुनि दुई युवा व्यवसायी राजन आचार्य र दिलिप केसीले करिब १ करोड रुपैयाँको लगानीमा “कस्तुरी एग्रो रिसोर्ट एन्ड ईभेन्ट्स” सञ्चालनमा ल्याएका छन्।

No photo description available.

वैदेशिक रोजगारी तथा अन्य व्यवसायिक अनुभव संगालेर स्वदेश फर्किएका यी युवाले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यसहित रिसोर्ट स्थापना गरेका हुन्।

May be an image of one or more people

प्राकृतिक वातावरणको बीचमा सञ्चालनमा ल्याइएको उक्त रिसोर्टले आधुनिक सेवा सुविधा र ग्रामीण परिवेशलाई संयोजन गर्ने लक्ष्य लिएको छ।

No photo description available.

रिसोर्टमा पारिवारिक भेटघाट, सभा–समारोह, जन्मदिन, विवाह तथा विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गर्न मिल्ने गरी पूर्वाधार तयार गरिएको सञ्चालकले बताएका छन्। साथै, स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै अर्गानिक खानाका परिकारहरू उपलब्ध गराउने योजना पनि बनाइएको छ।

May be an image of one or more people

सञ्चालक राजन आचार्यका अनुसार अर्घाखाँचीमा बढ्दो सहरीकरणसँगै गुणस्तरीय होटल तथा इभेन्ट स्थलको आवश्यकता महसुस गरिँदै आएको थियो।

May be an image of text

“हामीले यही सम्भावनालाई अवसरका रूपमा लिएका हौँ। स्थानीयस्तरमै गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने देखाउन चाहेका छौँ,” उनले बताए। त्यस्तै, दिलिप केसीले रिसोर्टले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरे।

No photo description available.

रिसोर्ट सञ्चालनसँगै स्थानीय युवाहरूलाई रोजगारी प्रदान गरिएको छ भने कृषिसँग जोडिएका विभिन्न गतिविधिहरू समेत विस्तार गर्ने योजना अघि सारिएको छ। कृषिमा आधारित पर्यटन (एग्रो टुरिज्म) मार्फत आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्य रहेको सञ्चालकको भनाइ छ।

No photo description available.

स्थानीयवासीले युवाहरूको यस पहललाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूले यस्तो लगानीले जिल्लाको आर्थिक गतिविधि बढाउने, पर्यटन विकासमा सहयोग पुग्ने र अन्य युवाहरूलाई पनि प्रेरणा मिल्ने बताएका छन्।

May be an image of text

सन्धिखर्क क्षेत्रमा पछिल्लो समय होटल तथा रिसोर्ट व्यवसाय विस्तार हुँदै गइरहेको अवस्थामा “कस्तुरी एग्रो रिसोर्ट एन्ड ईभेन्ट्स” को स्थापना थप आकर्षणका रूपमा हेरिएको छ।

No photo description available.

यसले जिल्लालाई नयाँ पर्यटन गन्तव्यको रूपमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

May be an image of one or more people

 

Nepal life insuranceimagesimagesimages