सुपादेउराली मन्दिरमा मन्त्री पौडेलसहितको टोलीको भ्रमण, व्यवस्थापन सुधारमा ध्यानाकर्षण (तस्बिर सहित)

सुपादेउराली मन्दिरमा मन्त्री पौडेलसहितको टोलीको भ्रमण, व्यवस्थापन सुधारमा ध्यानाकर्षण

-अनिल नेपाली , अर्घाखाँची डट्कम ।

अर्घाखाँची — जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुपादेउराली मन्दिरमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गणेश) को टोलीले भ्रमण गरेको छ।

May be an image of one or more people and text

मन्दिरमा पुगेका मन्त्री पौडेललाई मन्दिर व्यवस्थापन समिति तथा स्थानीय अगुवाहरूले मायाको चिनो सहित स्वागत गरेका थिए। सो अवसरमा अर्घाखाँचीका प्रतिनिधिसभा सदस्य हरि प्रसाद भुसाल, प्युठानका प्रतिनिधिसभा सदस्य सुशान्त वैदिक, रास्वपाका नेता दिनेश सुनार, निर्माण व्यवसायी कृष्ण भुसाल, प्रेम थापा लगायतको समेत उपस्थिति रहेको थियो।

May be an image of one or more people, temple and text

भ्रमणका क्रममा मन्दिर व्यवस्थापन समिति र स्थानीयले सुपादेउराली क्षेत्रमा देखिएका प्रमुख समस्या—पार्किङ व्यवस्थापन, खानेपानीको वैकल्पिक व्यवस्था, तथा फोहोरमैला व्यवस्थापन—बारे मन्त्री र सांसदहरूको ध्यानाकर्षण गराएका थिए।

May be an image of text

स्थानीय अगुवाहरूले तीर्थालु भक्तजनको भीड बढ्दै गएको अवस्थामा आवश्यक पूर्वाधार र व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

May be an image of one or more people, temple and text

मन्त्री पौडेलले सुपादेउराली क्षेत्रको विकास र व्यवस्थापन सुधारका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ।

तस्बिर: अर्घाखाँची डट्कम सम्बाददाता

May be an image of one or more people and temple

May be an image of one or more people, temple and crowd

May be an image of one or more people, crowd and temple

May be an image of one or more people and temple

May be an image of one or more people, temple and text

May be an image of text

May be an image of one or more people and text

May be an image of one or more people and text

May be an image of one or more people and text

May be an image of text

May be an image of one or more people, temple and text

Nepal life insuranceimagesimagesimages