


पूर्वी प्रशान्त महासागरमा लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको एउटा डुङ्गामाथि अमेरिकी सेनाले गरेको कारबाहीमा तीन जनाको मृत्यु भएको छ । अमेरिकी साउदर्न कमाण्डकाअनुसार मंगलवार भएको उक्त सैन्य कारबाहीमा लागुऔषध ओसारपसारका लागि प्रयोग गरिने नियमित मार्गमा गुडिरहेको एक शङ्कास्पद डुङ्गालाई निशाना बनाइएको थियो ।

कमाण्डले सामाजिक सञ्जाल एक्समार्फत सो डुङ्गा अवैध लागुऔषध ओसारपसारमा सक्रिय रहेको पुष्टि गरेको छ ।

यसअघि सोमवार मात्रै अमेरिकी सुरक्षा बलले क्यारिबियन सागरमा यस्तै प्रकृतिको अर्को सैन्य कारबाही गरेको थियो । उक्त कारबाहीमा लागुऔषध ओसारपसारमा संलग्न रहेको भनिएको डुङ्गामाथि आक्रमण गर्दा दुई जनाको मृत्यु भएको थियो। पछिल्लो समय अमेरिकी सेनाले सामुन्द्रिक मार्गबाट हुने अवैध लागुऔषध तस्करी नियन्त्रणका लागि आफ्नो सक्रियता बढाएको छ ।



