पछिल्लो २४ घण्टामा इरानसँग ‘निकै राम्रो’ वार्ता भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत २४ घण्टामा इरानसँग दुई महिनाभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने विषयमा ‘निकै राम्रो’ वार्ता भएको बताउनुभएको छ । ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौताका लागि निकै आतुर रहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘उनीहरू सम्झौता गर्न चाहन्छन् । पछिल्लो २४ घण्टामा हाम्रो निकै सकारात्मक कुराकानी भएको छ र हामीबीच सहमति हुने बलियो सम्भावना छ ।’ यसै क्रममा ट्रम्पले गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको हवाई आक्रमणबाट इरानमा ठूलो क्षति पुगेको उल्लेख गर्नुभया ।

उहाँले चेतावनी दिँदै भन्नुभयो की यदि अमेरिका अहिले नै पछि हट्ने हो भने उक्त आक्रमणबाट भएको भौतिक क्षतिको पुनर्संरचना गर्न इरानलाई कम्तीमा २० वर्ष लाग्नेछ । इरान र अमेरिकाबीचको तनाव कम गर्ने उद्देश्यले यी वार्ताहरू भइरहेको बुझिएको छ । राष्ट्रपति ट्रम्पले इरान पक्ष वार्ताको माध्यमबाटै निकास खोज्न सकारात्मक देखिएको उल्लेख गर्नुभएको छ ।

 

Nepal life insuranceimagesimagesimages