तामिलनाडुमा राज्यपालले विजयको दललाई किन दिएनन् सरकार बनाउने निम्ता ?

 

काठमाडौँ । भारतको तमिलनाडुमा नयाँ सरकार गठन पेचिलो बन्ने संकेत देखिएको छ ।

हालै सम्पन्न निर्वाचनपछि सबै भन्दा ठुलो थल बनेको अभिनेता विजयको दल तमिलगा वेत्री कडगमलाई राज्यपालले सरकार गठनको निम्ता नदिएपछि सरकार गठन पेचिलो हुने भएको हो ।

राज्यपाल राजेन्द्र विश्वनाथ आर्लेकरले अभिनेता विजय नेतृत्वको तमिलगा वेत्री कडगमलाई सरकार गठनका लागि निम्ता नदिने कारण स्पष्ट गरेका छन् । राजभवनले जारी गरेको विज्ञप्तिअनुसार विजयको दलले हालसम्म विधानसभा बहुमतका लागि आवश्यक समर्थन जुटाउन नसकेको जनाएको छ ।

२३४ सदस्यीय विधानसभामा सरकार बनाउन ११८ सिट आवश्यक पर्ने भए पनि विजयको दलले १०८ सिट मात्रै जितेको थियो । ५ सिट जितेको कांग्रेसले विजयको दललाई समर्थन गर्ने घोषणा गरे पनि बहुमत पुग्न अझै अन्य दलको समर्थन आवश्यक रहेको बताइएको छ । विजयले सरकार गठनको दाबी पेश गर्दै राज्यपालसँग भेट गरेका थिए ।

तमिलनाडुमा कुनै पनि दलले स्पष्ट बहुमत नल्याएपछि राजनीतिक अन्योल बढेको छ । विभिन्न साना दलहरूले विजयलाई समर्थन गर्न सक्ने संकेत दिएपनि अहिलेसम्म औपचारिक निर्णय नगरेका कारण सरकार गठनमा ढिलाई हुने देखिएको छ ।

उता एआईएडीएमकेभित्र पनिविजयको सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा मतभेद देखिएको बताइएको छ ।

त्यस्तै ठुलो दल भएकोले सरकार बनाएर तोकिएको समय भित्र बहुमत पुर्याउने अवसर दिनुपर्ने समेत अवाज उठेपनि तत्कालका लागि राज्यपालले सो विषयलाई नजरअन्दाज गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

 

Nepal life insuranceimagesimagesimages