इरानसँग शान्ति सम्झौता नभए भीषण सैन्य आक्रमण गर्ने ट्रम्पको चेतावनी

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता हुन नसके इरानमाथि विगतको तुलनामा अझ सशक्त र तिब्र रूपमा सैन्य आक्रमण गर्ने चेतावनी दिनुभएको छ । बुधवार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत एक सन्देश जारी गर्दै ट्रम्पले तेहरान (इरान) वासिङ्टनसँग शान्ति सम्झौतामा सहमत नभए अमेरिकी सेनाले बमबारी शुरु गर्ने बताउनुभएको हो ।

ट्रम्पले लेख्नुभएको छ, ‘यदि इरान प्रश्तावित शर्तहरूमा सहमत हुन्छ भने—जुन एउटा ठूलो अनुमान हुनसक्छ—हाम्रो चर्चित सैन्य अभियान ‘एपिक फ्युरी’ को अन्त्य हुनेछ । साथै, हालको प्रभावकारी नाकाबन्दी हटेसँगै हर्मुज जलडमरूमध्य इरान लगायत सबैका लागि खुला गरिनेछ ।’

यद्यपि, इरान सम्झौताका लागि तयार हुने कुरामा उहाँले आशंका व्यक्त गर्नुभयो ।  ट्रम्पले अगाडि भन्नुभयो,‘यदि उनीहरू सहमत भएनन् भने बमबारी सुरु हुनेछ र यो दुःखद् रूपमा पहिलेको तुलनामा धेरै उच्च स्तर र तिब्रताको हुनेछ ।’
ट्रम्पको यो अभिव्यक्तिले अमेरिका र इरानबीचको बढ्दो तनावलाई थप स्पष्ट पारेको छ । उहाँले इरानले सम्झौता नगरेको खण्डमा हुने सम्भावित सैन्य परिणाम निकै घातक हुने संकेत दिनुभएको छ ।

 

Nepal life insuranceimagesimagesimages