


पहिलो पाइला नेपाल बुटवल शाखाको छैठौ अधिवेशनबाट गौरव खनालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । सामाजिक सेवा, जनचेतना तथा समुदाय विकासका क्षेत्रमा सक्रिय संस्थाले नयाँ नेतृत्वसँगै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

शनिबार सम्पन्न अधिवेशनले संस्थाको अध्यक्षमा गौरव खनाललाई चयन गरेको हो । त्यसैगरी प्रथम उपाध्यक्षमा रुद्र खनाल, द्वितीय उपाध्यक्षमा नरेश न्यौपाने, सचिवमा सन्तोष सुनार, सहसचिवमा रक्षा न्यौपाने, कोषाध्यक्षमा विकास पौडेल तथा सहकोषाध्यक्षमा प्रकाश जिसी सर्वसम्मत चयन भएका छन् ।

सदस्यहरूमा युवराज डुम्रे, सुनिता पन्थी, सुरज भुसाल, तुल्सिराम खनाल, अञ्जन खनाल, संविधान पौडेल, युवराज ज्ञवाली र मनिषा यादव चयन भएका छन् ।
अधिवेशनको उद्घाटन टिकाराम यात्री ले गरेका थिए । उद्घाटन मन्तव्यमा उनले पहिलो पाइला नेपालले समाजमा सकारात्मक परिवर्तनका लागि खेलेको भूमिकाको प्रशंसा गर्दै नयाँ नेतृत्वले सामाजिक अभियानलाई अझ व्यापक बनाउने विश्वास व्यक्त गरे ।

उनले सामाजिक क्षेत्रमा काम गर्ने संस्थाहरूले स्पष्ट दृष्टिकोण, पारदर्शिता र जिम्मेवार नेतृत्वसहित अघि बढ्नुपर्ने उल्लेख गर्दै युवाहरूको सक्रिय सहभागिताले समाज परिवर्तनमा महत्वपूर्ण योगदान पुग्ने बताए ।
अधिवेशनमा संस्थाका पदाधिकारी, सदस्य, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो । नयाँ कार्यसमितिले शिक्षा, स्वास्थ्य, विपन्न वर्ग सहयोग, युवा सशक्तीकरण तथा सामाजिक जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
#पहिलोपाइलानेपाल #Butwal #सामाजिकअभियान #YouthLeadership #SocialService #ButwalNews #नेपाल #CommunityDevelopment #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD



