


काठमाडौं — राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ। यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा सचिव चुडामणि पौडेल ले जानकारी दिएका छन्।
गत वर्षको तुलनामा यसपटक नतिजामा उल्लेखनीय सुधार देखिएको छ। अघिल्लो वर्ष ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने यस वर्ष ४.१७ प्रतिशतले नतिजा सुधारिएको बोर्डले जनाएको छ।
सरकारले परीक्षा सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य लिएको थियो। सोहीअनुसार यस वर्ष परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने नयाँ व्यवस्था लागू गरिएको थियो। यही व्यवस्थाका कारण परीक्षा सम्पन्न भएको २९ दिनमै नतिजा सार्वजनिक गर्न सम्भव भएको बोर्डको भनाइ छ।

एसईई परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो। परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी भएका थिए। सहभागीमध्ये २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र तथा ७ जना अन्य विद्यार्थी रहेका थिए।
यस वर्ष देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन गरिएको थियो। साथै जापानस्थित एभरेस्ट स्कुलबाट समेत २३ जना विद्यार्थी परीक्षामा सहभागी भएको बोर्डले जनाएको छ।
नतिजा सार्वजनिक भएसँगै परीक्षा बोर्ड परिसर तथा विभिन्न अनलाइन प्लेटफर्महरूमा विद्यार्थी र अभिभावकहरूको चहलपहल बढेको छ। धेरै विद्यार्थीहरू आफ्नो भविष्यको शैक्षिक यात्राको पहिलो महत्त्वपूर्ण खुड्किलो पार गरेको भन्दै खुसी व्यक्त गरिरहेका छन्।
📌 यसरी हेर्न सकिन्छ एसईईको नतिजा:
📱 SMS / IVR सेवा:
▪️ नेपाल टेलिकम — १६००
▪️ जानकी टेक्नोलोजी — ३५००१
▪️ एम्बिसन गुरु — ३१०६१
🌐 वेबसाइटमार्फत:
▪️ SEE Official Website
▪️ NEB Official Website
▪️ NTC SEE Result
▪️ eKantipur SEE Result
▪️ EduSanjal SEE Result
▪️ Khalti App
▪️ 1600 – NTC
▪️ 35001 – Janaki Technology
▪️ 31061 – Ambition Guru
▪️ see.gov.np / neb.gov.np
#SEE2082 #SEEResult #NEB #EducationNews #NepalEducation #ArghakhanchiCom #ArghakhanchiComHD #Highlights



