पाँचथरमा सामूहिक तरकारी खेतीबाट वार्षिक लाखौं आम्दानी गर्न सफल

पाँचथरको फिदिम ७ स्थित साम्दिनका कृषकले सामूहिक तरकारी खेतीबाट वार्षिक लाखौं आम्दानी गर्न सफल भएका छन् ।

 

स्थानीय फलफूल किसान समूहको सहयोगमा ऋण लिएर तरकारी खेती शुरु गरेका उनीहरु तरकारी खेतीबाटै आत्मनिर्भर बन्न थालेका हुन् ।

 

समूहमा अहिले २७ जना कृषक आवद्ध छन् । आफनै वारीमा लगाएका काउली, बन्दा, मटरकोसा, गोलभेडा, आलु, च्याउलगायतका तरकारी विक्री गरी उनीहरु आम्दानी गर्न सफल भएका हुन् ।

 

समूह बनाई गाउँका कृषकले राम्रो आम्दानी गर्न थालेपछि अरु गाविसका कृषक पनि तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । पाँचथरमा उत्पादित तरकारी झापा, इलाम र ताप्लेजुङमा बिक्रि हुँदै आएका छन् ।