चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

 

सन् २०२५ मा चीन र घानाबीचको द्विपक्षीय व्यापारमा उल्लेख्य वृद्धि देखिएको छ । घानाका लागि चिनियाँ राजदुत कङ सोङक अनुसार दुई देशबीचको व्यापार गत वर्षको तुलनामा १९.३ प्रतिशतले बढेर करिव १४ अर्ब १० करोड अमेरिकी डलर पुगेको छ ।

घानाको राजधानी अक्रामा चिनियाँ र घानाली सञ्चारकर्मीहरूसँगको भेटघाटका क्रममा राजदुत कङले चीन घानाको सबैभन्दा ठूलो व्यापारिक साझेदारका रूपमा निरन्तर कायम रहेको जानकारी दिनुभयो । उहाँले दुई देशबीचको गहिरो मैत्रीपूर्ण सम्बन्धका कारण व्यापारिक गतिविधिमा तिब्रता आएको बताउनु भयो ।

राजदुत कङले गत मे १ तारिखदेखि ५३ वटा अफ्रिकी मुलुकका लागि चीन सरकारले कार्यान्वयनमा ल्याएको ‘शून्य भन्सार नीति’सँगै आगामी दिनमा द्विपक्षीय व्यापारले थप उचाइ लिने विश्वास व्यक्त गर्नुभयो । नयाँ नीतिका कारण घानाका कोको उत्पादन, काजु, सिया बटर, कपडा तथा हस्तकलाका सामग्रीहरू चिनियाँ बजारमा सहजै निर्यात हुनेछन् । यसबाट घानाली उत्पादनहरूको प्रतिस्पर्धात्मक क्षमता बढ्ने र निर्यातको सम्भावना पूर्ण रूपमा उजागर हुने चिनियाँ पक्षको दाबी छ ।

यसका साथै, नयाँ व्यापारिक व्यवस्थाले सेवा व्यापार, डिजिटल व्यापार, हरित उद्योग र दिगो विकासका क्षेत्रमा समेत सहकार्य प्रवद्र्धन गर्ने राजदुतले उल्लेख गर्नुभयो । उहाँकाअनुसार यस नीतिले वैदेशिक लगानी आकर्षित गर्न र अफ्रिकी मुलुकहरूको औद्योगिकीकरण प्रक्रियालाई गति दिन मद्दत गर्नेछ ।

आर्थिक सहकार्यका बारेमा चर्चा गर्दै राजदुत कङले चीन र घानाको विकास दर्शन एकआपसमा मेल खाने बताउनु भयो । चीनको पुँजी, प्रविधि र औद्योगिक सबलता घानाको विकासको आवश्यकतासँग सान्दर्भिक रहेकाले विभिन्न क्षेत्रमा सहकार्यका फराकिला सम्भावनाहरू रहेको उहाँको भनाइ छ । राजदुत कङले घानाको विकास एजेण्डालाई समर्थन गर्न र देशको आर्थिक गतिविधिलाई थप गतिशील बनाउन चीन सदैव तयार रहेको प्रतिवद्धता समेत दोहो¥याउनु भयो ।

 

Nepal life insuranceimagesimagesimages