नाउरुद्वारा देशको नाम परिवर्तन गर्ने संवैधानिक संशोधन प्रश्ताव पारित

 

प्रशान्त महासागरीय टापु राष्ट्र नाउरुको संसदले देशको नाम परिवर्तन गरी ‘नाओएरो’ राख्ने सम्बन्धी संवैधानिक संशोधन प्रस्ताव पारित गरेको छ । नाउरु सरकारले यस निर्णयबारे औपचारिक जानकारी दिएको हो । सरकारले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिअनुसार संसद्बाट प्रस्ताव पारित भएसँगै अब यस विषयमा अन्तिम निर्णयका लागि राष्ट्रिय जनमत सङ्ग्रह आयोजना गरिनेछ ।

images

यदि जनमत सङ्ग्रहबाट यो प्रश्ताव स्वीकृत भएमा, नयाँ नामलाई देशको आधिकारिक राष्ट्रिय अभिलेख र प्रतीकहरूमा समावेश गरिनेछ । साथै, संयुक्त राष्ट्रसङ्घ लगायत क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत ‘नाओएरो’ लाई नै देशको आधिकारिक पहिचानका रूपमा प्रयोग गरिने सरकारले जनाएको छ ।

देशको नाम परिवर्तन गर्ने यो प्रश्ताव राष्ट्रपति डेभिड आडेयाङले गत जनवरीमा पहिलोपटक अघि सार्नुभएको थियो । सरकारका अनुसार ‘नाओएरो’ नामले मुलुकको मौलिक सम्पदा, भाषा र पहिचानलाई अझ सान्दर्भिक रूपमा प्रतिविम्बित गर्दछ ।

विदेशीहरूले मौलिक शब्द ‘नाओएरो’ को सही उच्चारण गर्न नसक्दा अपभ्रंश भई ‘नाउरु’ नाम प्रचलनमा आएको सरकारी स्पष्टीकरण रहेको छ । स्थानीय भाषा र संस्कृतिलाई प्राथमिकता दिने उद्देश्यले यो ऐतिहासिक कदम चालिएको हो ।

 

Nepal life insuranceimagesimagesimages