सीप, सोच र आत्मविश्वासको विकासमा जोड : लुटीपोखरीमा ७ दिने उद्यमशीलता तालिम सम्पन्न (तस्बिर सहित)

सीप, सोच र आत्मविश्वासको विकासमा जोड : लुटीपोखरीमा ७ दिने उद्यमशीलता तालिम सम्पन्न

 

📸  : केशब पन्थी , अर्घाखाँची डटकम ।

अर्घाखाँची, जेठ १ — घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँची को आयोजनामा तथा युवा सरोकार महासंघ नेपाल को समन्वयमा मालारानी गाउँपालिका–३ खनको लुटीपोखरीमा सञ्चालन गरिएको सात दिने उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ।

May be an image of one or more people and text

स्थानीय स्तरमै स्वरोजगार सिर्जना गर्ने, युवाहरूलाई उद्यम तथा व्यवसायतर्फ आकर्षित गर्ने र घरेलु तथा साना उद्योग सञ्चालनका लागि आवश्यक आधारभूत सीप तथा ज्ञान प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा ५२ जना सहभागी भएका थिए।

May be an image of one or more people and people studying

तालिम अवधिभर सहभागीहरूलाई व्यवसाय सुरु गर्ने प्रक्रिया, व्यवसाय योजना निर्माण, बजार व्यवस्थापन, वित्तीय अनुशासन, लगानी व्यवस्थापन तथा सरकारी निकायबाट प्राप्त हुने सेवा–सुविधाबारे प्रशिक्षण प्रदान गरिएको थियो।

May be an image of one or more people and text

तालिम समापन कार्यक्रम दुर्गा न्यौपाने को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विष्णु प्रसाद पोख्रेल, दण्डपानी पौडेल, दीपक भुसाल, गोविन्द प्रसाद खनाल, पार्वता विक तथा अरुणकुमार सिंह लगायतको उपस्थिति रहेको थियो।

May be an image of one or more people, people studying, people smiling and text

कार्यक्रममा वक्ताहरूले स्थानीय स्रोत, सीप र सम्भावनालाई उपयोग गर्दै स्वरोजगार तथा आत्मनिर्भरता हासिल गर्न उद्यमशीलता प्रभावकारी माध्यम बन्न सक्ने बताएका थिए। ग्रामीण क्षेत्रका युवाहरूलाई वैदेशिक रोजगारीको विकल्पका रूपमा साना तथा घरेलु उद्योग स्थापना गर्न प्रेरित गर्दै तालिमबाट सिकेका ज्ञानलाई व्यवहारमा लागू गर्न आग्रह गरिएको थियो।

घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख दुर्गा न्यौपानेले सरकारी निकायबाट उपलब्ध हुने प्रविधि, परामर्श, तालिम तथा सहुलियतपूर्ण सेवाको सदुपयोग गरेर स्थानीय स्तरमै आयआर्जन गर्न सकिने बताउनुभयो। उहाँले उद्यमशीलता विकासले आर्थिक समृद्धिसँगै आत्मविश्वास र सकारात्मक सोचको विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

May be an image of one or more people, people smiling, dais and text

मालारानी गाउँपालिका–४ का वडा अध्यक्ष विष्णु प्रसाद पोख्रेलले गाउँमै उपलब्ध स्रोत र साधनको उपयोग गरी व्यवसाय सञ्चालन गर्न सकिने सम्भावना प्रशस्त रहेको भन्दै तालिमले सहभागीहरूमा नयाँ ऊर्जा र आत्मविश्वास थपेको बताउनुभयो।

May be an image of one or more people and text

वडा नम्बर ३ का अध्यक्ष दण्डपानी पौडेलले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सके स्थानीय स्तरमै रोजगारी सिर्जना हुने र आर्थिक अवस्था सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको सहजीकरण हुमबहादुर विक ले गर्नुभएको थियो। सहभागीहरूले तालिम अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिँदै आगामी दिनमा व्यवसाय स्थापना तथा सञ्चालनका लागि थप सहयोग र मार्गदर्शन आवश्यक रहेको बताएका थिए।

May be an image of one or more people and text

आयोजकका अनुसार यस्ता कार्यक्रमले स्थानीय स्तरमा उद्यमशील संस्कृतिको विकास, स्वरोजगार प्रवर्द्धन तथा आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

#उद्यमशीलता #तालिम #मालारानी #अर्घाखाँची #स्वरोजगार #Youth #Entrepreneurship #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

Nepal life insuranceimagesimagesimages

अन्य समाचारहरु