महेन्द्रनगर फागुण १८ गते । छैटौं राष्ट्रिय खेलकुद अन्तर्गत बुद्धिचालतर्फ छैटौं चरणको समाप्तिसम्ममा पूर्वान्चलका निरज निरौला ५ अंकका साथ अग्रस्थानमा रहेका छन् ।
आज सम्पन्न पाँचौं र छैटौं चरणको खेलमा निरजले क्रमशः फिडेमास्टर मनिष हमाल र प्रचण्डमान मालाकारसित बराबरी खेलेका थिए ।
त्यस्तै मनिष प्रचण्ड एपिएफका केशव श्रेष्ठ र यु १९ नेपाल च्याम्पियन रुपेश जैसवाल समान चार दशमलव पाँच अंकका साथ संयुक्त दोश्रो स्थानमा रहेका छन् । भोली प्रतियोगिताको फाइनल चरणको खेल हुनेछन् ।