पश्चिम तराईमा अत्यधिक गर्मी: धनगढीमा तापक्रम ३७.७ डिग्री पुग्यो
जेष्ठ ५ गते, २०८३ मा प्रकाशित
काठमाडौं ।मौसम पूर्वानुमान महाशाखा का अनुसार देशभर तापक्रम बढ्दै गएको छ भने विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई जिल्लामा अत्यधिक गर्मी महसुस हुन थालेको छ ।
आज सबैभन्दा बढी तापक्रम कैलालीको धनगढीमा ३७ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै नेपालगञ्जमा ३६ दशमलव ७, भैरहवामा ३४ दशमलव ८ तथा विराटनगरमा ३३ डिग्री सेल्सियस तापक्रम मापन भएको महाशाखाले जनाएको छ ।
पछिल्ला केही दिनयता धनगढी, नेपालगञ्ज, भैरहवा, टीकापुर, अत्तरिया र महेन्द्रनगर लगायत पश्चिम तराईका क्षेत्रमा लगातार गर्मी बढ्दै गएको छ । मौसमविद्का अनुसार पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण तापक्रम अझै बढ्न सक्ने सम्भावना रहेको छ ।
महाशाखाले दिउँसो ११ बजेदेखि ४ बजेसम्म अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, प्रशस्त पानी तथा झोलिलो पदार्थ सेवन गर्न र बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।