सामाजिक न्याय र महिला सशक्तिकरणमा जोड: सन्धिखर्क–१० मा ‘हाम्रो साहस’ परियोजनाअन्तर्गत सरोकारवालासँग छलफल सम्पन्न (तस्बिर सहित)

 

 

अर्घाखाँची डटकम संवाददाता

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. १० मा सामाजिक न्याय, लैङ्गिक समानता तथा समुदाय सशक्तिकरणका विषयमा सरोकारवालासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । सामाजिक न्यायकालागि रुपान्तरण अभियान अन्तर्गत ‘हाम्रो साहस परियोजना’ मार्फत दलित महिला संघसंयुक्त राष्ट्रसंघीय महिला संस्था को सहकार्यमा दलित चेतना विकास परिषद् नेपाल ले कार्यक्रम आयोजना गरेको हो ।

ग्रामीण तथा पछाडि पारिएका समुदायमा सामाजिक न्याय, लैङ्गिक समानता र समुदाय सशक्तिकरणको उद्देश्यसहित आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा, महिला समूह तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

May be an image of one or more people, people smiling, motorcycle and text

कार्यक्रम सन्धिखर्क नगरपालिका वडा नं. १० का वडाध्यक्ष मोहनसिंह ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष ठकुरीले समाज रूपान्तरण र समतामूलक समाज निर्माणका लागि सबैको साझा भूमिका आवश्यक रहेको बताउनुभयो । उहाँले समाजमा विद्यमान कुसंस्कार, विभेद, हिंसा तथा समाजविरोधी परम्परालाई अन्त्य गर्दै एकताबद्ध समाज निर्माणतर्फ सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

May be an image of one or more people, people smiling, temple and text

उहाँले निर्वाचनका क्रममा जनतासामु गरेका प्रतिबद्धताअनुसार स्थानीय सरकारको अनुभूति हुनेगरी काम गरिरहेको समेत बताउनुभयो । विकाससँगै सामाजिक चेतना अभिवृद्धि र समुदाय सशक्तिकरणलाई वडा कार्यालयले प्राथमिकतामा राखेको उहाँको भनाइ थियो ।

May be an image of one or more people, people smiling, motorcycle, temple and text

कार्यक्रममा संस्थाको तर्फबाट राधा नेपालीले दलित महिला संघले महिलावादी अभियान, समावेशी सशक्तिकरण तथा जातीय, लैङ्गिक र अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका क्षेत्रमा निरन्तर काम गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाले समुदायसँग सहकार्य गर्दै महिला सशक्तिकरण, सामाजिक न्याय तथा दिगो विकासका क्षेत्रमा विभिन्न परियोजना सञ्चालन गरिरहेको छ ।

May be an image of one or more people and textimages

उहाँले ‘हाम्रो साहस परियोजना’ अन्तर्गत सामाजिक हानिकारक मूल्यमान्यता न्यूनीकरण तथा लैङ्गिक समानताका लागि सामाजिक सोच र व्यवहार परिवर्तन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो ।

May be an image of one or more people and text

परियोजनाको मुख्य लक्षित वर्ग महिला, दलित समुदाय तथा युवाहरू रहेको उल्लेख गर्दै उहाँले सामाजिक कुरीति न्यूनीकरण, संस्थागत क्षमता अभिवृद्धि तथा लैङ्गिक हिंसा न्यूनीकरण परियोजनाको प्रमुख उद्देश्य रहेको स्पष्ट पार्नुभयो ।

May be an image of one or more people and people studying

राधा नेपालीले न्यायबाट टाढा रहेका, हिंसा तथा विभेदमा परेका महिला र बेसहारा अवस्थाका नागरिकलाई जीविकोपार्जनसँग जोड्न सामूहिक सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । आर्थिक रूपमा कमजोर महिलाहरूलाई सशक्त बनाउँदै आत्मविश्वास र अधिकारको पुनःस्थापनामा कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास थियो ।

May be an image of one or more people, people smiling, temple and text

कार्यक्रममा वडा सदस्य हरिलाल पराजुली, ईश्वरी मरासिनी, तारा चौहान नेपाली, सामाजिक अगुवा रामजी मरासिनी, गीता आचार्य, डिल बहादुर विक लगायतले मन्तव्य राख्दै सामाजिक न्याय र समानताको अभियानलाई गाउँस्तरसम्म प्रभावकारी रूपमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको थियो ।

May be an image of one or more people, temple and text

बराप पैरवी समूहकी अध्यक्ष मञ्जु विकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण पत्रकार अनिल नेपालीले गर्नुभएको थियो ।

May be an image of one or more people, dais and text

कार्यक्रममा सहभागीहरूले सामाजिक रूपान्तरण, महिला सशक्तिकरण तथा लैङ्गिक समानतामूलक समाज निर्माणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए ।

Nepal life insuranceimagesimagesimages