
दिगो कृषि विकासको क्रममा विभिन्न तरिकाले आर्थिक नोक्सानी पुर्याउने खालका कीराको व्यवस्थापन गर्नु अहिलेको कृषि क्षेत्रमा देखिएको ठूलो चुनौती भएको ठहर गरिएको छ। हाल नेपालमा कृषि क्षेत्रमा अनावश्यक मात्रामा रासायनिक विषादीको प्रयोग भइरहेको जसको कारण जल, भूमि तथा वायु प्रदूषण भई पर्यावरणमा नकारात्मक असर परिरहेकोले त्यसको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न उपयुक्त स्थान र बाली विशेषलाई उपयुक्त हुने शत्रुजीव व्यवस्थापन प्रविधिको विकास विज्ञहरूले जोड दिएका छन्।
कीट विज्ञान महाशाखाका प्रमुख यज्ञप्रसाद गिरीका अनुसार हाल विश्वाव्यापी रूपमा चर्चा रहेको, वातावरण परिवर्तन, विश्व व्यापारीकरण, क्रप मोडुलिङ तथा कृषिजन्य उत्पादनमा पाइने विषादीको अवशेष आदि सवाल अहिलेको जल्दोबल्दो विषय रही आएको छ। सो विषयमा छलफल गर्न आयोजित कार्यशालामा विभिन्न सङ्घ संस्थाको 50 जनाको सहभागिता रहको जसमा कीट विज्ञान विषयका विभिन्न पक्षहरू समेटिने गरी 44 वटा कार्यपत्र प्रस्तुत भएको बताइएको छ।



