

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको सम्बन्धमा सकारात्मक विकास भइरहेको र दुई देश सम्झौतानजिक पुगेको बताउनुभएको छ । इरानमाथि गर्ने भनिएको सैन्य आक्रमण स्थगित गर्ने घोषणा गरेको केही घण्टापछि राष्ट्रपति ट्रम्पले यस्तो धारणा राख्नुभएको हो ।

खाडी मुलुकहरूले इरानमाथि मङ्गलबारका लागि तय गरिएको सैन्य कारबाही केही दिनका लागि रोक्न आग्रह गरेको ट्रम्पले जानकारी दिनुभयो ।

उहाँकाअनुसार यो स्थगन केही समयका लागि अझै लम्बिन सक्ने सम्भावना छ । यसैबीच, राष्ट्रपति ट्रम्पले इरानले आफ्नो परमाणु कार्यक्रम पूर्ण रूपमा त्याग्नुपर्ने अडान पुनः दोहो¥याउनुभएको छ ।



