

काठमाडौं, ६ जेठ । जेन जी आन्दोलनमा सन्तान गुमाएकी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रचना खतिवडा खत्रीले सरकार समक्ष गुनासो गरेकी छिन् ।

प्रतिनिधिसभाको आजको शुन्य समयमा बोल्दै सहिद आमा खतिवडाले आफुले प्रश्न सोध्न नपाएको भन्दै संसद बैठकमा गुनासो गरेकी छिन् ।
‘म यस्ताे प्रश्न साेध्न चाहान्छु, के सरकारलाई के प्रश्न सोध्न पाउने कि नपाउने ? डाडु पुन्यु तेरो हातमा हुन्छ, सरकार तेरो हातमा छ कसलाइ साेधेकाे, कसलाइ सुनाएको भन्ने रोइलो चलिरहेकाे छ, यदी सरकार हाम्राे हाे भने प्रश्न साेध्न पाउने कि नपाउने ? ’ सांसद खतिवडाले भने, ‘संसद भवन अगाडी शहिदहरूको शालिक निर्माण यथाशिघ्र निर्मााण थालनी गरियोस्, सहीदलाइ ब्याबहारिक रूपमा पनि न्याय दिने काम गरियोस् ।’

रचना खतिवडा । जसले भदौ २३ गतेको जेन(जी आन्दोलनका क्रममा २३ वर्षीय छोरा रसिक खतिवडालाई गुमाएकी थिइन् । रचना रास्वपाको समानुपातिक तर्फबाट सांसदमा मनोनीत भएकी थिइन् ।



