“प्रेस लोकतन्त्रको पहरेदार हो, सञ्चार क्षेत्र संकटमा राज्य गम्भीर बन्नुपर्छ” — सांसद हरि प्रसाद भुसालको संसदमा कडा माग, युवामाथिका मुद्दा फिर्ता लिन सरकारसँग आग्रह

 

काठमाडौँ — अर्घाखाँचीका संघीय सांसद हरि प्रसाद भुसाल ले आज संसदमा सञ्चार क्षेत्र, लोकतन्त्र र युवा मुद्दासम्बन्धी गम्भीर विषयहरू उठाएका छन्। उनले नेपाली सञ्चारजगतले राणा शासनदेखि पञ्चायती व्यवस्था हुँदै लोकतन्त्र स्थापनासम्म जनचेतना फैलाउने ऐतिहासिक भूमिका खेलेको उल्लेख गर्दै अहिले मिडियाहरू आर्थिक संकटमा परेकोप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्।

सांसद भुसालले स्वतन्त्र प्रेसलाई “लोकतन्त्रको पहरेदार” भन्दै यसको संरक्षण राज्यको दायित्व भएको स्पष्ट पारे। उनले “समानुपातिक विज्ञापन नीति तुरुन्त लागू गर्नुपर्छ” र “स्थानीय तथा मूलधारका सञ्चारमाध्यमलाई राज्यले संरक्षण गर्नुपर्छ” भन्ने जस्ता महत्वपूर्ण विचार प्रस्तुत गरेका छन्।

उनले देशभरका रेडियो, टेलिभिजन र पत्रपत्रिकाहरू आर्थिक संकटले थलिएको भन्दै ठोस नीति नल्याइए सञ्चार क्षेत्र कमजोर हुने चेतावनी पनि दिए। साथै, अर्घाखाँचीका ११ एफएम रेडियोसहित विभिन्न सञ्चार माध्यमको अवस्थाप्रति उनले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

यद्यपि, सांसद भुसालले संसदमा अनलाइन सञ्चार माध्यमका विषयमा आफ्ना धारणा राख्न भने सकेनन्।

त्यसैगरी उनले युवा सम्बन्धी मुद्दा पनि संसदमा उठाएका छन्। अर्घाखाँचीका चुरामणि ढुंगाना, माधव भण्डारी, विशाल कँडेल लगायत जेन–जी आन्दोलनमा सहभागी भएका युवाहरू अझै तारेखमा परेर मानसिक तनाव भोगिरहेको उल्लेख गर्दै उनले “झुटा मुद्दा लगाएर युवाहरूलाई मानसिक यातना दिनु गलत हो” र “सरकारले तत्काल न्याय सुनिश्चित गर्नुपर्छ” भन्ने धारणा राखेका छन्।

images

अन्त्यमा उनले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र संविधानको मर्म व्यवहारमै लागू गर्न सरकारलाई आग्रह गरेका छन्।

images

#हरिप्रसादभुसाल #संसद #प्रेसस्वतन्त्रता #मिडियासंकट #लोकतन्त्र #युवामुद्दा #अर्घाखाँची #नेपालसमाचार #ताजा_अपडेट #ब्रेकिङन्युज #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

 

images

Nepal life insuranceimagesimagesimages