छत्रदेव गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा: “सम्पूर्ण बालबालिकाको सुरक्षित भविष्य निर्माणमा महत्वपूर्ण उपलब्धि” (तस्बिर सहित)

 

-केशव पन्थी, अर्घाखाँची डटकम।

अर्घाखाँची — छत्रदेव गाउँपालिका मा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी तथा विभिन्न सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

May be an image of one or more people and text

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मनि पन्थी, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्ण प्रसाद पोखरेल, जिल्ला खोप समन्वय समिति सदस्यहरू नारायण पौडेल तथा उमा बन्जाडे लगायतको उपस्थिति रहेको थियो। त्यस्तै गाउँपालिकाका विभिन्न वडाका अध्यक्षहरू काजिबाबु ज्ञावाली, शंकर प्रसाद पाण्डे, तेज प्रसाद खनाल, भिमलाल खनाल, बालकृष्ण पोखरेल, कमल पौडेल तथा नारायण प्रसाद पाण्डे सहित कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

May be an image of one or more people, people smiling and text

गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममार्फत गाउँपालिकाभित्रका सम्पूर्ण बालबालिकालाई समयमै आवश्यक खोप सेवा उपलब्ध गराउने प्रतिबद्धतालाई अझ मजबुत बनाएको जनाएको छ। कार्यक्रममा बोल्ने वक्ताहरूले खोप अभियान बालबालिकाको स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएको उल्लेख गर्दै खोपबाट बच्न सकिने रोगहरू नियन्त्रण गर्न नियमित खोप अभियान प्रभावकारी रहेको बताएका थिए।

May be an image of one or more people and text that says "घ कत्रदेवकोशान: शान: स የ.ቨዳ"

कार्यक्रममा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने महिला स्वास्थ्य स्वयंसेविका, खोपकर्ताहरू तथा स्वास्थ्य संस्थाहरूलाई सम्मानसमेत गरिएको थियो। सम्मानित व्यक्तिहरूले गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको प्रोत्साहनले आफूहरूलाई थप जिम्मेवार र उत्साहित बनाएको प्रतिक्रिया दिएका थिए।

May be an image of one or more people, people smiling, dais and text

गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले पूर्ण खोप सुनिश्चितता घोषणा केवल औपचारिक कार्यक्रम नभई बालबालिकाको सुरक्षित भविष्यसँग जोडिएको अभियान भएको बताउनुभयो। उहाँले गाउँपालिकाभित्र कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ स्वास्थ्य शाखा, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरूले निरन्तर सक्रियता देखाएको उल्लेख गर्नुभयो।

May be an image of one or more people, people smiling, dais and text

त्यसैगरी जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्ण प्रसाद पोखरेलले स्थानीय तहको सक्रियताले खोप कार्यक्रम प्रभावकारी बनेको बताउँदै नियमित खोप सेवामा समुदायको सहभागिता अझ आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले खोप अभियानलाई दिगो र प्रभावकारी बनाउन अभिभावक, स्वास्थ्यकर्मी तथा स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

May be an image of one or more people, dais and text

कार्यक्रमको सहजीकरण बुद्धिराम न्यौपानेले गर्नुभएको थियो। उहाँले गाउँपालिकामा सञ्चालन भएका खोप कार्यक्रम, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराउँदै पूर्ण खोप सुनिश्चितता कायम राख्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

May be an image of one or more people and text

सम्पूर्ण बालबालिकालाई समयमै खोप सुनिश्चित गर्दै स्वस्थ, सुरक्षित र उज्यालो भविष्य निर्माण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको यस अभियानलाई सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, स्वयंसेविका तथा सरोकारवालाप्रति गाउँपालिकाले आभार व्यक्त गरेको छ।

#छत्रदेवगाउँपालिका #पूर्णखोप #स्वास्थ्यअभियान #बालस्वास्थ्य #अर्घाखाँची #नेपालसमाचार #ताजा_अपडेट #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

तस्बिर: 

May be an image of one or more people, violin and text

May be an image of one or more people and text

May be an image of ‎television and ‎text that says "‎"छत्रदेवको शान: सुन्दर शान्त, समूद गाउंपातिशनसो अभियान" स्थानीय सोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिशिचतताऱहाम्रो प्रतिबदुता .子 然人 28 ळरगउंपलिका रती ط ส้นยุวิอารใต पूर् खोप सनिशिचितता तथा दिगोपना घोषणा कार्यक्रम आयोजक: छत्देव गाउंपालिका गाउं कार्यपालिकाको कार्यालय (स्वास्थ्य शाखा) छतगजज-अर्घसवी मिति: શ०८३ जेठ ២ गते. बिहीबार समय: बिहान 99:00 बजे स्थान: छत्रदेव गाउंपालिकाको समाहल जय छत्रदेव! 正‎"‎‎

May be an image of one or more people, temple, dais and text

May be an image of one or more people, flute, dais, temple and text

May be an image of one or more people, flute, violin, temple and text

May be an image of one or more people, people smiling, people studying and text

May be an image of one or more people and text

May be an image of one or more people

May be an image of one or more people, violin and clarinet

May be an image of one or more people and people studying

#छत्रदेवगाउँपालिका #पूर्णखोप #स्वास्थ्यअभियान #बालस्वास्थ्य #अर्घाखाँची #नेपालसमाचार #ताजा_अपडेट #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

Nepal life insuranceimagesimagesimages