आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर: दिनहुँ उच्च मूल्यको रेकर्ड बनाउँदै आएको अमेरिकी डलरको भाउ आज घट्यो

 

 

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

आज पनि अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ।

आज अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा छ। हिजो हालसम्मकै सबैभन्दा महँगो बनेको अमेरिकी डलरको विनिमयदर आज घटेको हो।

हिजो अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा थियो। विगत केही दिनदेखि निरन्तर उच्च मूल्यको रेकर्ड बनाउँदै आएको अमेरिकी डलरको विनिमयदर आज घटेको हो।

त्यसैगरी आज युरो १ को खरिददर १७८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ११ पैसा छ। हिजो युरो १ को खरिददर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०१ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ४४ पैसा र बिक्रीदर १०७ रुपैयाँ २५ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०७ रुपैयाँ १४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९४ पैसा थियो।

images

त्यसैगरी अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११० रुपैयाँ ०५ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ११० रुपैयाँ १६ पैसा र बिक्रीदर ११० रुपैयाँ ५९ पैसा थियो।

आज कुवेती दिनार १ को खरिददर ५०० रुपैयाँ ७५ पैसा र बिक्रीदर ५०२ रुपैयाँ ७१ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ५०३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ५०५ रुपैयाँ ९३ पैसा थियो।

images

आज बहराइन दिनार १ को खरिददर ४०७ रुपैयाँ ४० पैसा र बिक्रीदर ४०८ रुपैयाँ ९९ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ४१० रुपैयाँ ०५ पैसा र बिक्रीदर ४११ रुपैयाँ ६४ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

images

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

 

Nepal life insurance

#विदेशीमुद्रा #विनिमयदर #अमेरिकीडलर #डलरभाउ #नेपालअर्थतन्त्र #आजकोरेट #मुद्राबजार #नेपालसमाचार #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

Nepal life insuranceimagesimagesimages