

काठमाडौँ । गुजरात टाइटन्सले जारी आइपिएल अन्तर्गत चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले चेन्नईलाई ८९ रनले पराजित गरेको हो ।
गुजरातले दिएको २३० रनको लक्ष्य पछाएको चेन्नईले १३.४ ओभरमा अल आउट हुदै १४० रन मात्र बनाएको थियो । चेन्नईका लागि शिभम दुवेले सर्बाधिक ४७ रन बनाए भने माथ्यु शर्टले २४ र कार्तिक शर्माले १९ रन बनाए । त्यस्तै गुजरातका बलर मोहमद सिराज, कागीसो रबाडा र रशिद खानले ३-३ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाउदै २२९ रन बनाएको थियो ।
गुजरातका लागि साइ सुदर्शनले सर्बाधिक ८४ रन बनाए भने कप्तान शुभमन गिलले ६४ र जोस बटलरले ५७ रन बनाएका थिए ।
यो जितपछि गुजरातले लिग चरणका सबै खेल खेल्दै १४ खेलमा १८ अंक हासिल गरेको छ र दोस्रो स्थानमा रहेको छ । गुजरात प्लेअफका लागि छनौट भएको छ र कुन स्थानमा हुन्छ भन्ने अन्य खेलको नतिजापछि तय हुने छ ।
त्यस्तै चेन्नईको यस सिजनको यात्रा भने समाप्त भएको छ । चेन्नईले १४ खेलमा ६ जित र ८ हारसहित १२ अंक हासिल गरेर यो सिजन समाप्त गरेको छ ।



