काठमाडौं, फाल्गुन २५ – एसियाली फुटबलको प्रतिष्ठित प्रतियोगिता एएफसी च्यालेन्ज कप राजधानीमा बिहीबार सुरु हँुदैछ । नेपालले आयोजना गर्न लागेको इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिता हो, यो । च्यालेन्ज कप एसियाली फुटबलमा एसियन कपपछिको महत्त्वपूर्ण प्रतियोगिता मानिन्छ । एसियाली फुटबलमा दोस्रो श्रेणीका २३ देशमध्ये उत्कृष्ट आठले प्रतिस्पर्धा गर्दैछन् । त्यसमा दुई वर्षअघि दक्षिण अफ्रिकामा वल्र्डकप खेलेको उत्तर कोरिया पनि छ । त्यस्तै, पाँचपल्टको साफ च्याम्पियन भारत र च्यालेन्ज कपका पूर्वविजेता ताजिकिस्तान छन् । आयोजक नेपालसँगै छनोट पार गरेका तुर्कमेनिस्तान, प्यालेस्टाइन, फिलिपिन्स र माल्दिभ्स पनि खेल्दैछन् । च्याम्पियन हुनेले चार वर्षपछि अस्ट्रेलियामा हुने महादेशकै महत्त्वपूर्ण प्रतियोगिता एसियन कप खेल्न पाउनेछन् । ुआठै टिम उत्कृष्ट छन्,ु नेपालका पूर्वकप्तान राजु शाक्यले भने, ुयति ठूलो खेल स्वदेशमै हेर्न पाउने अवसर कमै मिल्छ । स्वदेशमै आफूभन्दा बलियो टिमसँग खेल्न पाउनुको फाइदा नेपाली टिमलाई हुन्छ । यस्तो प्रतियोगिता आयोजनाले नेपाली फुटबलको स्तर वृद्धि गर्न पनि सघाउनेछ ।ु स्वदेशी दर्शकसामु नेपाली टिम कुनै पनि प्रतिद्वन्द्वीलाई हराउन तयार रहेको प्रशिक्षक ग्राहम रोबर्ट्सले बताए । अखिल नेपाल फुटबल संघ ९एन्फा० का अध्यक्ष एवं एएफसीका उपाध्यक्ष गणेश थापाले सफलतापूर्वक आयोजनाका लागि कुनै कसर बाँकी नराख्ने बताए । सुरुबाटै च्यालेन्ज कप र प्रेसिडेन्ट्स कप आयोजक प्रमुख रहँदै आएका थापाले भने, ुनेपाली टिम सफल होस् भन्ने चाहन्छौं । आयोजना सफल पार्नु पनि उत्तिकै महत्त्वपूर्ण छ ।ु च्यालेन्ज कपकै क्रममा विश्व फुटबलको सर्वोच्च संस्था फिफा ९अन्तर्राष्ट्रिय फुटबल महासंघ० का अध्यक्ष सेप ब्लाटर बिहीबार आउँदैछन् । उनले नै दशरथ रंगशालामा प्रतियोगिता उद्घाटन गर्नेछन् । एसियाली फुटबल महासंघ ९एएफसी० का निमित्त अध्यक्ष झाङ जिलोङ बुधबारै आइसकेका छन् । दशरथ रंगशाला र सशस्त्र प्रहरीको हलचोकस्थित मैदानमा चैत ६ गतेसम्म प्रतियोगिता हुनेछ । नेपालले सन् १९९७ मा साफ च्याम्पियनसिप आयोजना गरेको थियो । त्यसयता नेपालले आयोजना गर्न लागेको पहिलो अन्तर्राष्ट्रिय फुटबल हो, यो ।



