– राजु घिसिङबिहीबाटै सुरु हुने एएफपी च्यालेञ्जकपको उद्घाटन ब्लाटरले गर्ने छन् ।
उनलाई त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलमा युवा तथा खेलकुद मन्त्री कमला रोका, खेलकुद परिषाद्का सदस्य सचिव युवराज लामा, एन्फा अधयक्षा गणेश थापा, एसियाली फुटवल महासंघका अध्यक्ष झाङ जिरोङलगायत खेल अधिकारीहरुले स्वागत गरेका थिए । बिश्व खेलकुदको यति उच्च तहको भ्रमण नेपालमा पहिलो पटक हो ।
उनले राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री डा. बाबुराम भट्टराईसंग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
दुईदिने नेपाल भ्रमण पूरा गरेर उनी भारत प्रस्थान गर्ने छन् । भारत फिफा यु-१७ वर्ल्डकप आयोजक बन्ने होडमा छ । त्यसका लागि भारतको तयारीबारे ब्लाटरले जानकारी लिनेछन् । उनले बंगलादेशको पनि भ्रमण गर्ने बताइएको छ ।



