

काठमाडौँ । इङल्याण्डको फिफा विश्वकप फुटबल खेल्ने टिमको घोषणा गरिएको छ ।
प्रशिक्षक थोमस तुचेलले कोल पाल्मर, फिल फोडेन, ह्यारी म्यागुरे, ट्रेन्ट अलेजान्डर आर्नोल्ड जस्ता खेलाडीलाई बाहिर राख्दै २६ सदस्यीय टिमको घोषणा गरेका हुन् ।

इङल्याण्डको विश्वकप टिम:
गोलरक्षकः जोर्डन पिकफोर्ड (एभर्टन), डीन हेन्डरसन (क्रिस्टल प्यालेस) र जेम्स ट्राफोर्ड (म्यानचेस्टर सिटी) ।
डिफेन्डर: रीच जेम्स (चेल्सी), टिनो लिभरामेन्टो (न्यु क्यासल), मार्क गुएही (म्यानचेस्टर सिटी), एज्री कोन्सा (एस्टन भिल्ला), जोन स्टोन्स (म्यानचेस्टर सिटी), जारेल क्वान्सा (बायर लेभरकुसेन), निको ओ’राइली (म्यानचेस्टर सिटी), ड्यान बर्न (न्यु क्यासल) र जेड स्पेन्स (टोटनह्याम) ।
मिडफिल्डर: डेक्लान राइस (आर्सनल), इलियट एन्डरसन (नोटिङ्घम फरेस्ट), जुड बेलिङ्घम (रियल मड्रिड), जोर्डन हेन्डरसन (ब्रेन्टफोर्ड), मोर्गन रोजर्स (एस्टन भिल्ला), कोबी मेनु (म्यानचेस्टर युनाइटेड) र एबेरेची एजे (आर्सनल) ।
फरवार्ड: ह्यारी केन (बायर्न म्युनिख), इभान टोनी (अल अहली), ओली वाटकिन्स (एस्टन भिल्ला), बुकायो साका (आर्सनल), नोनी मादुके (आर्सनल), मार्कस रासफोर्ड (म्यानचेस्टर युनाइटेड) र एन्थोनी गोर्डन (न्यु क्यासल) ।
विश्वकपमा इङल्याण्ड समुह एल मा क्रोसिया, घाना र पानामासँग रहेको छ । विश्वकपमा इङल्याण्डले पहिलो खेल जुन १७ मा क्रोसियासँग, जुन २३ मा घानासँग र जुन २७ मा पानामासँग खेल्ने तालिका रहेको छ ।



