
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हेल्मेट नलगाई तीनजना बसेर मोटरसाइकल चलाउने, बाटोमा मदिरा तथा लागुऔषध सेवन गरी झैझगडा तथा गालीगलोज गर्नेमाथि कारबाही गरिएको बताइएको छ ।
प्रहरीद्वारा सतर्कता बढाइएकाले लोला हान्ने तथा महिला र केटीमाथिको दुव्र्यवहार नभएको पाइएको छ ।
यसैबीच फागुपर्वको अवसरमा आज बिहानदेखि मीठोमीठो खाना पकाई एकअर्कालाई हिन्दु धर्मावलम्बीहरुले रङ र अबिर लगाई भाइचारा प्रकट गरेका छन् ।
त्यस्तै मारवाडी, पहाडी, मधेसी र थारु समुदायले पनि होलीपर्व हर्षोल्लास वातावरणमा मनाएका छन् ।
व्यापारी एवम् पत्रकारहरुले पनि पत्रकार महासङ्घ मोरङको आह्वानमा होली खेलेका छन् ।



