बुटवलमा विद्यार्थी तथा प्रशिक्षकलाई सम्मानित

– कृष्ण खनाल


बुटवल फागुन २६ । धनगढीमा हालै  सम्पन्न छैठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा  पदक विजेता आफ्ना विद्यार्थीतथा  प्रशिक्षकलाई  अक्फोर्ड एकेडमी बुटवलले सम्मान गरेको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरी तेक्वान्दोमा  स्वर्णपदक विजेता अमृत खड्काकास्य पदक विजेता हेमन्त रानातिलक आले र प्रशिक्षक राजकुमार पाण्डेलाई सम्मान गरेको हो ।

 

एकेडमीका अध्यक्ष दुर्गादत्त भण्डारीको प्रमुख आतिथ्यतातथा विद्यालयका प्राचार्य दिवाकर रेग्मीको अध्यक्षतामा भएको सम्मान कार्याक्रममा विजेताविद्यार्थीहरुलाई मायाको चिनो खादा तथा नगदले सम्मान गरिएको थियो । स्वर्ण पदकविजेता कक्षा १२ मा अध्यायनरत विद्यार्थी अमृत खड्काले विद्यालयको तर्फबाट नगद ३ हजारसहित  स्नातकतह सम्मको लागि पुर्ण छात्रवृती पाएकाछन भने  र कास्य पदक विजेत हेमन्त रानाले २हजार  र तिलक आलेले १ हजार सहित  कक्षा १२ सम्म पचास प्रतिशत छात्रवृती प्रदान गर्नेघोषण समेत विद्यालयले गरेको छ । 

 

सम्मानकार्यक्रममा एकेडमीका सदस्य सचिव आजित खनाल स्नातक संयोजक पशुपती अधिकारी  हरी थापा लगाएतको उपस्थित रहेको थियो ।