प्रिमियर लिगमा उक्लियो हल सिटी

 

काठमाडौँ । हल सिटी इंग्लिस प्रिमियर लिगमा उक्लिएको छ। शनिबार वेम्ब्ली रंगशालामा भएको च्याम्पियनसिप प्लेअफको फाइनलमा मिडल्सब्रोलाई १–० ले हराउँदै हल सिटी शीर्ष डिभिजनमा पुगेको हो।

खेलको इन्जुरी समयमा ओली म्याकबर्नीले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए। उनले थपिएको समयको पाँचौं मिनेटमा गरेको गोल नै खेलको एकमात्र गोल बन्यो। यससँगै हल सिटीले कभेन्ट्री सिटी र इप्सविच टाउनसँगै आगामी सिजन प्रिमियर लिगमा खेल्ने पक्का गरेको छ।

प्लेअफअघि इंग्लिस फुटबलमा जासुसी विवादले ठूलो चर्चा पाएको थियो। सेमिफाइनल जितेको साउथह्याम्पटनलाई प्रतिद्वन्द्वीमाथि अवैध निगरानी गरेको आरोपमा फाइनलबाट हटाइएको थियो । त्यसपछि हल सिटीले मिडल्सब्रोसँग उपाधि भिडन्त खेलेको हो । च्याम्पियनसिपमा छैटौं स्थानमा रहेर प्लेअफ जित्दै प्रिमियर लिग पुग्ने हल सिटी सन् २०१० पछि पहिलो टोली बनेको छ। टोलीले प्लेअफभर कुनै गोल पनि खाएन ।

जितपछि प्रशिक्षक सर्गेई याकिरोभिचले टोलीको संघर्ष र धैर्यका कारण सफलता सम्भव भएको बताए। निर्णायक गोलकर्ता म्याकबर्नीले टोलीले एउटा अवसर पाउने विश्वास राखेको र त्यही अवसरलाई गोलमा परिणत गरेको प्रतिक्रिया दिए ।

हल सिटी २०१६-१७ सिजनपछि प्रिमियर लिगमा फर्किएको छ । त्यस्तै यस सिजनमा कोभेन्ट्री सिटी र आईपीस्विच टाउन प्रिमियर लिगमा प्रमोट भएका छन् ।

त्यस्ता यससिजनमा वोल्भ्स र बर्नली प्रिमियर लिगबाट रेलिगेट भइसकेको छ भने रेलिगेट हुने तेस्रो टिमको टुंगो आज राति हुने लिगको अन्तिम खेलबाट लाग्ने छ ।

 

 

Nepal life insuranceimagesimagesimages