सुपा देउराली मन्दिरमा नयाँ व्यवस्थापन समिति निर्विरोध चयन, गणेशबहादुर थापाको नेतृत्वमा १३ सदस्यीय समिति गठन (तस्बिर सहित)

 

सुपा देउराली मन्दिरमा नयाँ व्यवस्थापन समिति निर्विरोध चयन, गणेशबहादुर थापाको नेतृत्वमा १३ सदस्यीय समिति गठन

अर्घाखाँची डटकम संवाददाता

अर्घाखाँची । अर्घाखाँची जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुपा देउराली मन्दिर मा नयाँ व्यवस्थापन समिति निर्विरोध चयन भएको छ । लामो समयपछि सम्पन्न निर्वाचनमार्फत गणेशबहादुर थापाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो ।

Nepal life insurance

निर्वाचन अधिकृतद्वारा जारी गरिएको सूचना अनुसार नवगठित समितिको अध्यक्षमा गणेशबहादुर थापा, उपाध्यक्षमा गिरबहादुर गुरुङ, सचिवमा हरिलाल खनाल, कोषाध्यक्षमा थम्मनबहादुर थापा तथा सह–सचिवमा कमल थापा निर्विरोध निर्वाचित हुनुभएको छ ।

May be an image of one or more people and tree

त्यस्तै सदस्यहरूमा नारायण थापा, मिता खड्का, अमृता राना, हेमलाल गिरि, हिमलाल घिमिरे, नरेन्द्र घिमिरे, सलिना गुरुङ र बसन्ती गुरुङ निर्विरोध चयन हुनुभएको छ ।

May be an image of one or more people

नयाँ व्यवस्थापन समिति गठनसँगै सुपा देउराली मन्दिरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विकासले थप गति लिने अपेक्षा गरिएको छ । मन्दिर व्यवस्थापन, भक्तजनको सेवा सुविधा विस्तार, पूर्वाधार विकास तथा धार्मिक परम्पराको संरक्षणमा नयाँ समितिले सक्रिय भूमिका खेल्ने विश्वास गरिएको छ ।

May be an image of one or more people, people studying and text

नवनिर्वाचित पदाधिकारीहरूले पनि मन्दिरको विकास, भक्तजनको सहजता तथा धार्मिक आस्थाको संरक्षणका लागि इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

📸 तस्बिर : अर्घाखाँची डटकम

May be an image of one or more people and people studying

May be an image of one or more people

May be an image of one or more people

May be an image of one or more people

May be an image of one or more people

May be an image of one or more people

May be an image of blueprint, ticket stub and text

#सुपादेउराली #अर्घाखाँची #मन्दिरव्यवस्थापनसमिति #गणेशबहादुरथापा #धार्मिकपर्यटन #निर्विरोधनिर्वाचन #बिजुलारायमाझी #सुपादेउरालीमन्दिर #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

 

Nepal life insuranceimagesimagesimages