
यो हारसँगै नेपाली फुटबल टोली नेपालमा अहिलेसम्म भएको सबैभन्दा ठूलो प्रतियोगिताको अर्को खेल खेल्नु अगाडि नै प्रतियोगिताबाट बाहिरिएको छ।
एएफसी च्यालेन्ज कप फुटबल एसियाको दोस्रो ठुलो फुटबल प्रतियोगिता तथा नेपालमा अहिलेसम्म भएको सवैभन्दा ठुलो फुटबल प्रतिस्पर्धा हो ।
समुह चरणमा चार राष्ट्रहरु विचको खेलको नतिजाबाट उत्कृष्ट दुई टोलीले सेमिफाइनल पुग्ने नियम छ तर अघिल्लो खेलमा प्यालेस्टाइनसंग २-० ले हारेको नेपालसंग दुई खेलमा कुनै अंक छैन । नेपालले अव सोमवार टुर्कमेनिस्तान संग खेल्नेछ ।
तर सो खेलको जित वा हारले नेपाललाई कुनै असर पर्ने छैन ।
दशरथ रंगशालामा उपस्थित १५ हजार वढि दर्शकहरुले नेपाली टोलीको समर्थन गरेका थिए ।
सोही अनुरुप नेपाली खेलाडीहरुले आज आक्रमक खेल खेलेर दर्शकको सान्त्वना भने जितेको कतिपयको भनाई छ ।
राष्ट्रिय टोलीका सहायक प्रशिक्षक मेघराज केसी भन्छन्, “हामीलाई भाग्यले पनि साथ दिएन ।”
तर उनले नेपाली टोलीमा मुख्य समस्या स्ट्राइकरमा रहेको पनि स्विकारे ।
प्रतियोगिताको उद्घाटन खेल हेर्न नेपाल आएका विश्व फुटबल महासंघ फिफाका अधयक्ष जोसेफ सेप ब्लाटरले पनि नेपाली टोलीमा लियोनेल मेसीको अभाव रहेको बताएका थिए ।
छनोट चरण पार गरेर आएका एसियाका उत्कृष्ट आठ राष्ट्र विचको यो भीडन्तमा नेपाल एक दावेदार राष्ट्र थियो ।
नेपालले अव सोमवार टुर्कमेनिस्तान संग महत्वहिन खेल खेल्नेछ ।
यस प्रतियोगिताको विजेता एसियाली फुटबल महासंघको ठुलो प्रतियोगिता एसियन कप फुटबलमा छनोट हुनेछ ।



