सिरहाको दक्षिणपूर्वी नहरा रिगौल गाउं विकास समिति वडा नम्वर ३ स्थित नरहा टोलमा गएराति आगलागी हुंदा १० परिवारका ५५ वटा घर गोठ जलेर नष्ट भएका छन् ।
आगलागीबाट करिव ६० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानीय रामकृपाल यादवको भान्साबाट सल्किएको आगोले भिखन यादव, कुसुमलाल यादव, श्यामसुन्दर यादव, चन्द्रेश्वर यादव, बिल्टु यादव, शत्रुघ्न यादव, महेन्द्र यादव, रामदयाल यादव र केशर यादव लगायतका घरगोठ जलेर नष्ट भएका हुन ।
फुसको छाना भएकाले आगो चाँडै सल्किएको र नियन्त्रणका लागि थप २० वटा घर भत्काउनु परेको जिल्ला प्रहरी कार्यालय लहानले जनाएको छ ।