मन्त्री विजयकुमार गच्छेदारद्धारा जेठ १४ भित्र शान्ति र संविधान नबने मुलुक विखण्डन तर्फ जाने चेतावनी

– श्यामसुन्दर शशि

 

जनकपुर – उपप्रधान तथा गृह एवं रक्षामन्त्री विजयकुमार गच्छेदारले जेठ १४ भित्र शान्ति र संविधान नबने मुलुक विखण्डन तर्फ जाने चेतावनी दिएका छन् ।

जनकपुर १४ रजौलमा हालै स्थापना भएको अल नेपाल सुन्नी दावते इस्लामी संघको केन्द्रीय कार्यालयको आइतबार उदघाटन गर्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका गच्छेदारले, शान्ति प्रकृयालाई तार्किक निस्कर्षमा पु-याउने तथा निर्धारित समय भित्र संविधान लेखिनुको विकल्प छैन । उनले भने- ‘हामीले जुन सुकै अवस्थामा पनि शान्ति र संविधान दिनु पर्दछ । निर्धारित समय भित्र यी दुवै कार्य पूरा भएन भन्ने मुलुक विखण्डनमा जान्छ ।’

जन्मसिद्ध नागरिकका छोरा छोरीहरुलाई संविधान संशोधन गरेर भए पनि नागरिकता दिइने प्रतिबद्धता व्यक्त गर्दै गृहमन्त्री गच्छेदारले भने- आमा बूबा तथा भाइ बहिनीहरू नागरिक हुने र उनका दाजु गैर नागरिक हुने यो कस्तो कानुन हो । यस्तो कानुनमा परिवर्तन आवश्यक छ ।’ संविधान संशोधनका लागि ठूला दलसँग औपचारिक छलफल सुरु भई सकेको जानकारी पनि उनले दिए ।

मुलुकको कुल जनसंख्याको ५ प्रतिशतको संख्यामा रहेका मुसलमानहरू राज्यको मूलप्रवाहमा आउनबाट बञ्चित रहेको उल्लेख गर्दै उनले अब बन्ने संविधानमा मुसलमान, दलित, जनजातिआदि सम्पूर्ण जात जाति र धर्मलाई समान अधिकार दिइने बताए । उनले भने-