गोरखामा तीन वटा गुफा फेला, गुफा भित्र देवी देवताको मुर्ति, जनावरहरुको आकृर्ति, दुधको झर्ना जस्ता अत्यन्त सुन्दर मुर्तिहरु देख्न सकिने

गोरखामा नयाँ गुफा


गोरखाको घ्याल्चोक गाउँ विकास समितिको पहरेडाँडामा तीन वटा गुफा फेला परेका छन् ।

 

अब आवश्यक छ ति गुफाको संरक्षण र संवद्र्धनको गोरखाको घ्याल्चोक गाउं विकास समिति वडा नम्वर ९ स्थित पहरे डांडामा केही साता अगाडी मात्र तीन वटा अत्यन्तै आकर्षक गुफाहरु फेला परेका छन् ।

 

सोही स्थानका केही स्थानीय युवाहरुले पहरे डांडामै रहेको चमेरो गुफा अवलोकन गर्ने क्रममा संगै तीन वटा अन्य गुफाहरु फेला पारेका हुन् ।

गुफा भित्र विभिन्न प्रकारका देवी देवताको मुर्ति , जनावरहरुको आकृर्ति , दुधको झर्ना जस्ता अत्यन्त सुन्दर मुर्तिहरु देख्न सकिन्छ ।

 

केही दिन अगाडी स्थानीय रिर्भर साइड युथ क्लवका युवाहरुले उक्त गुफाको अवलोकन समेत गरेका छन् । गाउंमा एकाएक गुफा फेला परेको हल्ला बढ्दै गएपछि अहिले स्थानीयवासीको भीड बढेको छ भने गुफाको संरचना बिर्गने डर पनि बढ्दै गएको छ ।

 

गुफामा थेगि नसक्नु भीड बढेपछि अहिले रिर्भर साइड युथ क्लवका युवाहरुले तारबार लगाई गुफा प्रवेशमा रोक लगाएका छन् ।