केन्याको एक विद्यालयमा भीषण आगलागीः मृतकको संख्या १६ पुग्यो

 

केन्याको उत्तर–पश्चिमी क्षेत्रमा रहेको एक विद्यालयमा बिहीवार बिहान भएको भीषण आगलागीमा परी मृत्यु हुने विद्यार्थीको संख्या १६ पुगेको छ । आगलागीमा गम्भीर घाइते भएका थप ६ जना विद्यार्थीको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या बढेको प्रहरीले पुष्टि गरेको छ । नाकुरू काउन्टीको गिलगिलस्थित ‘उतुमिसी गल्र्स एकेडेमी’को छात्रावासमा स्थानीय समयअनुसार बिहीवार १ बजे आगलागी भएको थियो ।

विद्यार्थी सुतिरहेको अवस्थामा शुरु भएको उक्त आगलागीमा परी शुरुमा १० जनाको मृत्यु भएको जानकारी दिइएको थियो । घटनामा ७० जनाभन्दा बढी विद्यार्थी घाइते भएका छन् र उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

प्रहरी प्रतिवेदनका अनुसार घाइतेमध्ये अधिकांशको अवस्था हाल स्थिर रहेको छ । आगलागीको वास्तविक कारण अझै खुल्न सकेको छैन । अधिकारीहरूले घटनाको कारणबारे विस्तृत अनुसन्धान शुरु गरिसकेको जानकारी दिएका छन्  ।

 

 

Nepal life insuranceimagesimagesimages