नेपाल आज डेनमार्कसँग भिड्दै


काठमाडौं, १ चैत दुवइमा जारी २०-ट्वाइन्टि विश्वकप छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा आज नेपालले डेनमार्कसँग भिड्दै छ । प्रतियोगिताका आ-आफ्नो पहिलो खेल जितेका दुबै देशलाई आजको खेल जितेर सेमिफाइलनको यात्रा अझ बलियो बनाउने दाउमा हुनेछन् ।



मंगलबार भएको खेलमा नेपालले हङकङलाई २८ रन तथा डेनमार्कले बमुर्डालाई ७ विकेटले पराजित गरेका थिए । प्रतियोगिताको उत्कृष्ट दुई टिमले आगमी वर्ष श्रीलंकामा हृने २०-ट्वाइन्टि विश्वकपमा सहभागी हुन पाउने छन् ।