– भरत कोइराला
पोखरा २६ फागुन : विदेशमा बसेका नेपालीको पहलमा संचालनमा आएको कास्कीको हेम्जास्थित पेमा छाल शाक्य मोनास्टिक केन्द्रलाई विश्व शान्तिको केन्द्र बनाइएने भएको छ । गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक देवमान हिराचनले अहिले विश्वका धेरै मानिसहरुको शान्तिको खोजिमा भौतारिरहेको बेला सुन्दर पोखरामा हिमालको काखमा रहेको पेमा छाल शाक्य मोनास्टिक केन्द्रको रुपमा विकास गर्न लागिएको बताए ।
विश्वका धेरै मानिसहरु यसमा खर्च गर्न तयार छन् हामीले वृहत योजना तयार पारेका छौं छिट्टै नै हाम्रो योजनाले शाकार रुप लिनेछ हिराचनले भने ।
पेमा छाल शाक्य मोनास्टिक केन्द्रमा निर्मित नयाँ गुम्बाको फागुन २५ गते वृहत समारोह बीच उद्घाटन गरिएको छ । ४१ औं शाक्य टि्रजिन रिन्पोछेले औपचारिक रुपमा नवनिर्मित गुम्ब्ााको अउद्घाटन गरेका हुन् ।
पहिला काठमाडौंमा संचालित पेमा छाल शाक्य मोनास्टिक इन्टिच्युट सन् २००२ पछि कास्कीको हेम्जामा सारिएको हो । हिराचनकै अगुवाईमा हेम्जामा सो संस्थाको स्थापना भएको हो । संस्था अन्तर्गत संचालित विद्यालय तथा उच्च माध्यमिक तहमा हिमाली भेगका गरिब तथा विपन्न परिवारका बालबालिलका अध्ययन गर्दै आएका छन् ।
राष्ट्रिय र अन्तराष्ट्रिय तहबाट सहयोग संकलन गरी संस्था तथा विद्यालय संचालन हुँदै आएको छ । स्कुल र कलेज तहमा हाल ९० विद्यार्थी आवासीय रुप्ामा अध्ययनरत छन् । यो भन्दा धेरै विद्यार्थी पढ्न इच्छुक रहे पनि सिमित स्रोत र साधनका कारण सबैलाई समेट्न नसकिएको संस्थाका प्रतिनिधिले जानकारी दिए ।
करिब ३० रोपनी जग्गामा हालसम्म करिब आठ करोडको रुपैयाँ खर्चेर संरचना तयार भएको छ । गुम्बा माध्यमिक तह र उच्च मावि तहको विद्यालय भवन पर्याप्त पार्किङ स्थल दान र सहयोगकै भरमा निर्माण गरिएको हो ।
जापानको कोबेमा केही वर्ष अघि गएको भुकम्पका कारण ठूलो धनजनको क्षति भएको थियो । मुस्ताङमा जन्मी पोखरामा हुर्की जापानका कार्यरत देवमान हिराचनले नेपाल लगायतका स्थानबाट बौद्ध धर्म गुरु जापान लगेर मृतकको चीर शान्तिको लागि पूजा गराएपयिछ जापानीहरु हिराचनप्रति कृतज्ञ भएर नेपालमा स्कुल खोल्ने रहर देखाएका थिए । सोही अभियान अन्तर्गत काठमाडौंमा खोलिएको विद्यालयलाई वृहत रुपमा लैजानको लागि हेम्जामा सारिएको हिराचनले बताए ।