RCB ले रच्यो इतिहास: लगातार दोस्रो पटक IPL च्याम्पियन, गुजरातलाई ५ विकेटले हरायो

 

काठमाडौँ । साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (RCB) ले गुजरात टाइटन्स (GT) लाई ५ विकेटले पराजित गर्दै आईपीएल २०२६ को उपाधि रक्षा गरेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार सम्पन्न फाइनल खेलमा RCB ले शानदार प्रदर्शन गर्दै लगातार दोस्रो पटक ट्रफी जितेको हो ।

गुजरात टाइटन्सले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनाएको थियो । टोलीका लागि वासिङ्टन सुन्दरले अविजित ५० रन बनाए भने निशान्त सिन्धु २० र जोस बटलर १९ रनमा सीमित रहे ।

जवाफमा RCB ले १८ ओभरमा ५ विकेट गुमाएर १६१ रन बनाउँदै लक्ष्य सहजै पूरा गर्‍यो । विराट कोहलीले उत्कृष्ट प्रदर्शन गर्दै ४२ बलमा अविजित ७५ रन बनाए । उनले ९ चौका र ३ छक्का प्रहार गर्दै टोलीलाई जिततर्फ अग्रसर गराए । भेनकटेश अय्यरले ३२ रनको महत्वपूर्ण योगदान दिए ।

May be an image of text

बलिङतर्फ RCB का रसिख सलामले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए । त्यसैगरी जोश हेजलवुड र भुवनेश्वर कुमारले २-२ विकेट तथा क्रुनाल पाण्ड्याले १ विकेट लिए ।

May be an image of text that says "- Gonlus MRF exVie EHA Jio Bi"

यस जितसँगै RCB आईपीएलमा लगातार दुई पटक उपाधि जित्ने तेस्रो टोली बनेको छ । यसअघि चेन्नई सुपर किंग्स (२०१०–२०११) र मुम्बई इन्डियन्स (२०१९–२०२०) ले यो उपलब्धि हासिल गरेका थिए ।

RCB ले गत सिजन पनि पन्जाब किंग्सलाई हराउँदै पहिलो आईपीएल उपाधि जितेको थियो । अहिले लगातार दोस्रो उपाधिसँगै टोलीले आफ्नो दबदबा कायम राखेको छ ।


#IPLFinal #RCBChampions #ViratKohli #GTvsRCB #IPL2026 #CricketNews #Ahmedabad #NarendraModiStadium #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages