जातीय भेदभाव र छुवाछूत अन्त्य अनिवार्य: प्रजिअ सुवेदी (तस्बिर सहित)

 

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जातीय भेदभाव र छुवाछूतलाई सामाजिक रूपमा अनैतिक, अमानवीय तथा गम्भीर अपराधजन्य कार्य भएको बताउँदै यसको पूर्ण अन्त्य अपरिहार्य रहेको स्पष्ट गरेका छन्।

May be an image of text

राष्ट्रिय दलित पत्रकार संघ नेपाल, लुम्बिनी समितिद्वारा अर्घाखाँचीको सन्धिखर्कमा आयोजित २१औं जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस २०८३ को अवसरमा सन्धिखर्क नगरपालिका–२ भगवती माध्यमिक विद्यालयमा “सभ्य समाजको आधार: जातीय भेदभाव र छुवाछूतको बहिष्कार” विषयक वक्तृत्वकला प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले यस्तो बताएका हुन्।

May be an image of text

उनले जातीय भेदभावलाई सभ्य समाजको कलङ्कका रूपमा चित्रण गर्दै सबै नागरिकले समानता, न्याय र स्वतन्त्रताको अनुभूति गर्न पाउने वातावरण सुनिश्चित गर्न कानुनी रूपमा बलियो व्यवस्था आवश्यक रहेकोमा जोड दिए।

May be an image of one or more people and text

कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले जातीय भेदभाव समाजको कलङ्क भएको उल्लेख गर्दै यस्ता कार्य गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने तथा विद्यालय र सामाजिक संघसंस्थाबाट निरन्तर जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने बताए।

May be an image of text

images

त्यसैगरी विद्यालयका प्रधानाध्यापक ध्रुव बि. के.सी.ले जातीय भेदभावविरुद्ध खुलेर विरोध गर्दै समतामूलक समाज निर्माणमा सबै जुट्नुपर्ने धारणा राखे।

May be an image of one or more people and text

images

वक्तृत्वकला प्रतियोगितामा १४ जना सहभागीमध्ये
प्रथम: लेनिन भट्टराई
द्वितीय: आयुष्मा पौडेल
तृतीय: शिशिर भट्टराई
सान्त्वना: विपिन भट्टराई

उत्कृष्ट सहभागीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

images

May be an image of one or more people and text

कार्यक्रममा दलित अधिकारकर्मी विष्णु परियार, राम ब. परियार, सञ्जय नेपाली लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी प्रदेश सचिव अनिल नेपालीको अध्यक्षता तथा केन्द्रीय पार्षद कमला परियारको सञ्चालनमा सम्पन्न भएको हो।

May be an image of text

सुरक्षा निकाय प्रमुख, नागरिक समाजका अगुवा तथा मानवअधिकारकर्मीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

Nepal life insurance

जातीय भेदभावविरुद्धको यो कार्यक्रमले समतामूलक र न्यायपूर्ण समाज निर्माणमा महत्वपूर्ण सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।

 

May be an image of text that says "लोकतन्त्रको मुल आघार सम्मान विमेद मुक्त समाज अमिव्यक्ती स्वतन्त्रता मर्यादित पत्रकारिता हामो आधार 29 औँ जातीय मेदभाव तथा घुवाछुत उन्मुलन राष्ट्रिय दिवस दिवस-२०८३ २०८३ को सुन्दर्ममा आयोजित सभ्य समाजको आधार जातीय भेदभाव र छुवाध्ुतको बहिष्ार बिषयक माध्यमिक स्तरीय वक्तृत्व कला प्रतियोगिता मिति: २०८३ जेठ શ१ गते स्थान :श्री भगवती माध्यमिक विद्यालय स.न.पा. शंखेटारी, अर्घ्ाखांची አለመጫት आयोजक: राष्ट्रिय दलित पत्रकार संघ, लुम्बिनी प्रदेश, नेपाल"

#जातीयभेदभाव #छुवाछूतउन्मूलन #समतामूलकसमाज #मानवअधिकार #सन्धिखर्क #अर्घाखाँची#Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

 

Nepal life insuranceimagesimagesimages