रास्वपा अर्घाखाँची जिल्ला सभापतिमा सीता पराजुली निर्वाचित (तस्बिर सहित)

अर्घाखाँची, सन्धिखर्क । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको प्रथम जिल्ला अधिवेशनबाट सीता पराजुली जिल्ला सभापतिमा निर्वाचित हुनुभएको छ। प्रथम जिल्ला अधिवेशनमा सम्पन्न निर्वाचनबाट नयाँ जिल्ला कार्यसमिति चयन गरिएको हो। निर्वाचन संयोजकका अनुसार जिल्ला नेतृत्व चयनका लागि भएको निर्वाचनमा कुल २४८ मतदाता रहेकामा २०७ मत खसेको थियो

 

निर्वाचनमा सीता पराजुलीले ९१ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी दिनेश सुनार (७९ मत) लाई १२ मतान्तरले पराजित गरी जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो। अर्का उम्मेदवार महेन्द्र कुँवरले ३३ मत प्राप्त गर्नुभएको थियो।

यसैगरी, उपसभापतिमा सहयोगी विसी ११६ मतसहित निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी कमल मरासिनीले ८४ मत प्राप्त गर्नुभएको थियो। सचिव पदमा चिरन सुनार १५० मतसहित निर्वाचित हुनुभएको छ भने यज्ञ पौडेलले ४३ मत प्राप्त गर्नुभएको थियो। सहसचिवमा लक्ष्मण भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ।

त्यस्तै, सदस्य पदमा वेदराज घिमिरे, पिताम्बर सेजवाल र चुरामणि ढुंगाना निर्वाचित हुनुभएको छ भने महिला सदस्यमा रमा पौडेल विजयी हुनुभएको छ। पराजुली यसअघि नेपाली कांग्रेसमा सक्रिय रहँदै विभिन्न संगठनमा आबद्ध रहनुभएको थियो भने दुई वर्षअघि रास्वपामा प्रवेश गर्नुभएको थियो।

रास्वपाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन सत्रमा पार्टीका केन्द्रीय सदस्य अर्जुन अधिकारी, प्रतिनिधिसभा सदस्य हरि प्रसाद भुसाल, कृषि विज्ञ होमबहादुर क्षेत्री लगायत विभिन्न वक्ताहरूले सम्बोधन गर्दै संगठन विस्तार, सुशासन, पारदर्शिता, युवाको सहभागिता तथा जनउत्तरदायी राजनीतिक अभ्यासको आवश्यकतामाथि जोड दिएका थिए।

May be an image of one or more people, clarinet and crowd

images

अधिवेशनमा जिल्लाको संगठनात्मक अवस्था, सदस्यता विस्तार, आगामी कार्ययोजना तथा पार्टीलाई गाउँ–टोलसम्म प्रभावकारी रूपमा पुर्‍याउने विषयमा समेत व्यापक छलफल गरिएको थियो। नेतृत्व चयनमा सर्वसम्मति जुट्न नसकेपछि लोकतान्त्रिक अभ्यासअनुसार निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिएको हो।

No photo description available.

images

निर्वाचनबाट विजयी भएपछि नवनिर्वाचित सभापति सीता पराजुलीले आफूलाई विश्वास गरेर महत्वपूर्ण जिम्मेवारी सुम्पने सम्पूर्ण प्रतिनिधि, सदस्य, शुभेच्छुक तथा पार्टी परिवारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको छ। उहाँले मतदाताको विश्वास, समर्थन र मायाले आफूलाई थप जिम्मेवार, प्रतिबद्ध र उत्तरदायी बनेर काम गर्न प्रेरित गरेको बताउनुभयो।

May be an image of text

images

उहाँले यो विजय कुनै एक व्यक्तिको नभई परिवर्तन, सुशासन र संगठनलाई बलियो बनाउने साझा अभियानको विजय भएको उल्लेख गर्दै सबैलाई साथ लिएर संगठन सुदृढीकरण, जनताका अपेक्षाको सम्बोधन तथा सकारात्मक परिवर्तनका लागि पूर्ण निष्ठा र इमानदारीका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

May be an image of one or more people, flute, dais and text that says "ट्रय अर्घाख्ोची स्वतन्त्र पार्टी Bieean ก प्रथम जिल्ला अधिवेशन OA ห่ดก่น้ก い 第L場 Ry SA: 2: 日電別"

यसैबीच विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूले नवनिर्वाचित सभापति सीता पराजुली, उपसभापति सहयोगी बि.सी., सचिव चिरञ्जीवी पन्थी, सह–सचिव लक्ष्मण भट्टराई लगायत सम्पूर्ण निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

May be an image of text

Nepal life insurance

रास्वपा अर्घाखाँचीको प्रथम जिल्ला अधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले जिल्लामा पार्टी संगठनलाई थप सुदृढ, सक्रिय र जनमुखी बनाउने अपेक्षा गरिएको छ।